निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, फाल्गुन १, २०८१
Thursday, February 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अनुदित कविताः मेरो तेस्रो नेत्र

मूल अंग्रेजीः स्टेफान वोडान, अमेरिका
अनुवादः गोविन्द गिरी प्रेरणा

तिनको आदिम आत्माको
रङ्गीन लहरले
सम्मोहित गर्छन्
मेरो तेस्रो नेत्रलाई

तिनका नग्न आँखा
देवीका आँखाहरू
प्रेमको देवीको

मेरा सुन्दर गायक पंक्षीसँग
गीत र कविताहरू छन्
पोतिएका छन् तिनका ओठमा
मीठो र रसमय
खर्बुजाझैँ ।

तिनका गीत र कविताहरू
मेरो हृदयमा बहिरहेको छ
रक्तसञ्चार भएझैँ
तिनको छायाँ यौटा दृश्यमान प्रतिध्वनि
यौटा कामुक नृत्य
झङ्कृत भइरहेको
कहिले भित्र कहिले बाहिर
आफसेआफ !

उजागर भैरहेछ मभित्र

उनको देहको ज्यामितिले
मेरो आगो सल्काइदिन्छ
र इच्छाहरूलाई घुमाइदिन्छ

मेरो तेस्रो नेत्र
पीत पुतलीवत्
महसुस गर्दछु
स्पर्श नगरिकनै उनलाई

तिम्रा चप्पलहरूलाई लात मारिदेऊ
तिम्रा साडीहरूलाई हावामा हुर्याइदेऊ
औँलाबाट औँठी फुकालिदेऊ
मेरासामु स्वतन्त्र

मेरो जंगली मयूर
जन्मेको छ भित्र
गिध्दको शून्यता चिर्न !

हाम्रा धार्मिक सपना
अब कहिल्यै हुने छैन
धमिलो मृगतृष्णा ।

साहित्यपोष्टबाट साभार

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img