निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

खोप लगाउन नपाएको भन्दै विदेश जाने तयारी पूरा गरेका युवाद्वारा विरोध प्रदर्शन

काठमाण्डाै – वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै उनीहरुले विरोध गरेका छन् ।

उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिन पनि माग गरेका छन् ।  अस्पतालले खोपका लागि टोकन दिए पनि खोप नपाए पछि टोकनसहित युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले केही दिनयता खोपको लागि धाइरहँदा पनि खोप नपाएको गुनासो गरेका छन् । रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरे पनि सरकारले कामका लागि विदेश जानेहरुका लागि बेवास्ता गर्दै आएको छ । 

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img