निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

विवेकशील साझाका अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

१५ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् ।

‘विवेकशील साझा पार्टीको विधान दफा २० (१०) अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेण्डा तय गरिने गरिएको व्यहोरा यहाँहरु सबैलाई अवगतै छ’ पत्रमा भनिएको छ, ‘यसपटक पनि उक्त अभ्यास अनुरुप एजेण्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीको अध्यक्षले उहाँकै शब्दमा मार्ग परिवर्तन गर्नु भएका कारण पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउनु उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी बैठक आह्वान गरेको छु ।’

पाण्डेले बोलाएको बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेण्डामा छलफल हुने भनिएको छ ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै सघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक मतभेद छ । यसबीचमा अध्यक्ष मिश्रको प्रतिवेदनलाई काउन्टर दिँदै संयोजक पाण्डेसहित ४ नेताले अर्को दस्तावेज सार्वजनिक गरिसकेका छन् । अनलाइन खवर वाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img