निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा सहमति जुटेन, आजै फेरि बैठक बस्ने

काठमाण्डाै – मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच आजै फेरि छलफल हुने सम्भावना छ । आज बेलुकासम्ममा टुङ्गो लगाएर भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाको तयारी छ ।  माधव नेपाल समूहको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भए पनि सहमति जुट्न नसक्दा ढिलाइ भइरहेको छ ।

गठबन्धनमा रहेका दलहरुबीच शुक्रवारयता दिनहुँजसो छलफल भइरहे पनि मन्त्रालय भागबण्डामा कुरा मिलेको छैन । गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले डेढ महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध सत्ता गठबन्धन दलमा कसलाई कुन र कति मन्त्रालय दिने भन्नेबारे सहमति जुट्न सकेको छैन । उज्यालो अनलाइन वाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img