निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा एचआइभी संक्रमित संख्या वढ्दो खुल्न चाहादैन संक्रमितहरु

७ आश्विन २०७८ पर्वत
पर्वतमा याचआईभी संक्रमितको दर दिनाहुदिन वढ्दो क्रममा रहेको छ गत वर्ष ९४ जना संक्रमित रहेको पर्वतमा यस वर्ष ११८ जना पुगेको तथ्यांक सार्वजनिक भएको हो । कम्यूनिटी सपोर्ट ग्रूपले आयोजना गरेको वार्षीक समिक्षा कार्यक्रममा संस्थाले सक्रमितको संख्या वढ्दै गएको जानकारी गराएको छ ।
आवश्यक मात्रामा परिक्षण नुहदा समुदायमा संक्रमितको संख्या अझै वढ्न सक्ने सम्भावना रहेको पाईको छ । समुदायमा एचआइभी संक्रमितलाई गरिने व्यवहार सकारत्मक नरहेका कारण पनि संक्रमितहरु खुल्न नसकेको र जिल्ला वाहिर गएर उपचार गर्ने गरेको ग्लोवल फण्ड एचआइभी कार्यक्रमका जिल्ला संयोजक प्रेम केसीले जानकारी दिनुभयो ।
११८ जना सक्रिय संक्रमित रहेको पर्वतमा २३ जनाले अन्य जिल्ला वाट स्वस्थ्य सेवा लिईरहेका छन् । संस्थाले जिल्लामा विगत वर्षदेखी संक्रमितहरुको उपचारमा सेवा गर्दै आएको भए पनि स्थानिय निकायवाट प्रयाप्त सहयोग नहुदा काम गर्न निकै कठिन रहेको केसीको भनाई रहेको छ

। पर्वत हाल कुश्मा नगरपालिका मा ४१ जना फलेवास नगरपाािलकामा २८ जना मोदी गाउपालिकामा १७ जना जलजाला गाउपालिकामा १५ जना महाशिला गाउपालिकामा ७ जना विहादी गाउपालिकामा ६ जना र पंयू गाउपालिकामा ४ जना एचआइभी संक्रमित रहेका छन् जस मध्य ११ जना वालवालिका रहेका छन् । संक्रमित मध्य १०६ जनाले नियमित औषधी सेवन गरिरहको कम्यूनिटी सपोर्ट ग्रूप पर्वतले जनाएको छ ।
सेभद चिल्डेनको सहयोगमा संचालित द ग्लोवल फण्ड एच आइ भि कार्यक्रम अन्र्तगत राष्टिय एचआइभी एड्स महासंघ, कम्यूनिटी सपोर्ट ग्रूपले जिल्लामा आयोजना गरेको समिक्षा कार्यक्रम जिल्ला समन्वय समिति का प्रमूख मनेहर वि पौडेलको अध्यक्षतामा सम्पन भएको थियो भने कार्यक्रमा जिल्ला स्वस्थ्य कार्यालयका नि. प्रमेख सन्तोष पौडेल फोकल पर्सन तेज प्रसाद सुवेदी तथा अन्य सरोकार निकायको उपस्थित रहेको थियो । समाजमा रहेका एचआइभी संक्रमितहरुलाई सवैले मनोवल नगिराई हेला हैन मायाको दृष्टिीकोण ले हेर्नुपर्ने सहभागीहरुको भनाई रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img