निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा गैससको पहलमा सामाजिक सेवा दिवस मनाइयो

सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको आवश्यकता’ नतिजामुखी कार्यक्रमका लागि विषय गत र भौगोलिक क्षेत्रलाई प्राथामिकता’ भन्ने नाराका साथ आज पर्वतमा पनि ४२ औ सामाजिक सेवा दिवस मनाइएको छ ।

कार्यक्रमको पहिलो चरणमा पर्वत जिल्ला अस्पतालमा रहेका सम्पूर्ण विरामीहरुलाई फलफुल वितरण गरि सामाीजक सेवा दिवस मनाइएको मा प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले विरामीलाई फलफुल वितरण गरि शुभारम्व गर्नुभएको थियो

कार्यक्रमा गैसस महासंघ नेपालका केन्द्रिय सचिव देवीप्रसाद तिमिल्सिनाले गैससहरुले लामो समयदेखी सामाजिक विकासमा योगदान पुर्उदै आएको जानकारी गराउदै आयोजकलार्ई धन्यवाद व्यक्त गर्नुभएको थियो कार्यक्रममा प्रहरी नायव उपरिक्षक शिवराज वुढाथोकी पर्वत अस्पतालका प्रमुख ढुण्डीराज पौडेल लगाएत गैसस प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सोही अवसरमा कुश्मा नगरपालिका वडा नंं ११ पकूवा शिल्मीमा भाद्र महिनामा वाढी पहिरो वाट पिडित ८ घरपरिवारका लागी त्रिपाल, वलांकेट, सरसफाई सामाग्री लगाएत अन्य सामाग्री वितरण गरिएको छ । कार्यक्रममा फलेवास नगरपालिका नगरप्रमुख पदमपाणी शर्माले वाढी पिडितहरुलाई सामाग्री वितरण गर्दै गैसस महासंघले विपदमा पुर्याएको सेवाको प्रसंसा गर्नुभएको थियो भने कुश्मा नगरपालिका वडा नं. ११का वडा अध्यक्ष शिव प्रसाद पौडेलले सामाजिक सेवा दिवसको अवसरमा वाढी पिडितका लागी गैससले पु्र्एको सहयोका लागि धन्यावाद व्यक्त गर्नुभएको थियो । गैसस महासंघ पर्वतले निरन्तर रुपमा सामाजिक सेवा गर्दै आइरहेकोमा समाजमा सेवा मुलक कार्यमा हातेमालो गर्न गैसस महासंघ पर्वतका अध्यक्ष रमेश प्रसाद रिजालले सवैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी नागरिक समाजका प्रतिनिधी उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन गैसस महासंघका सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img