डिल व वि.क
पर्वत
पर्वतको फलेवास ७ लिमिठानामा विगत ५ वर्षदेखी समायोजनाका कारणले वन्द रहेको जनता प्रा. वि. पुन संचालनमा आएको छ । गाँउमा रहेको विद्यालय वन्द हुदा साना वालवालिकाहरुलाई पठनपाठनका लागि निकै टाढा जानुपर्ने अवस्था रहेकोले स्थानियहरुको पहलमा पुन संचालनमा आएको हो । विद्यालय संचालन नहुदा साना वालवालिकाहरु लिमिठाना मावि मा जानुपर्ने वाध्यता रहेको थियो । वस्तीमा गहनाको रुपमा रहेको विद्यालय पुन संचालनमा आउदा वालवालिकाहरुलाई निकै सहज भएको स्थानिय प्रेम प्रसाद रिजालले वताउनु भयो । कक्षा ५ सम्म संचालनमा रहेको विद्यालय विद्यार्थी अभावका कारण वन्द हुन पुगेको थियो भने विद्यालयका शिक्षकलाई समेत अन्य विद्यालयमा समायोजन गरिएको थियो ।
विगतमा वसाईसराई तथा निजि विद्यालयमा विद्यार्थिहरुको आकर्षण वढ्ने गरेको भए पनि हाल कोभिडका कारण वाहिर रहेका विद्यार्थीहरुको गाँउकै विद्यलायमा फर्केका छन् । विद्यालयमा अंग्रेजी माध्यम वाट पढाई सुरुहुन थाले पछि स्थानिय सरकारी विद्यालयमा आउने विद्यार्थीको संख्या वढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद तिमिल्सिनाले वताउनु भयो ।
हाल विद्यालयमा कक्षा २ सम्म संचालन रहेकोमा २२ जना विद्यार्थी रहेका छन् । विद्यालय पुन संचालनमा ल्याउनका लागि स्थानिय निकाय वाट दरवन्दी शिक्षक नभएपनि स्थानिय स्तरवाट २ जना शिक्षक व्यवस्थापन गरि विद्यालय संचालन गरिएको छ ।
पहिला समायोजनको सुचिमा रहेको भए पनि विद्यार्थी संख्या वढेर नियमित पठनपाठन भएमा संख्याको आधारमा विद्यालयलाई आवश्यक दरवन्दी व्यवस्थापन गरिने नगरशिक्षा अधिकारी कृष्ण आचार्यले वताउनु भयो । करिव ५ रोपनी जग्गामा रहेको जनता प्राविमा सुलभ सौचालय ,पुस्ताकालय र ८ वाटा कक्षा कोठा रहेको छन् ।