निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेकपा एमाले कुश्मा नगर कमिटिको अधिवेशन सम्पन अध्यक्षमा श्रेष्ठ निर्वाचित

 १५ कार्तिक पर्वत

नेकपा एमाले कुश्मा नगर कमिटिको पहिलो अधिवेशन सम्पन भएको छ । सर्वसम्मतीमा टुंगिएको अधिवेशनवाट अध्यक्षमा मिन प्रसाद श्रेष्ठ र सचिवमा गणेश पौडेल निर्विरोध निर्वाचित भएका छन् । तेसैगरि उपाध्यक्षमा किशोर सापकोटा सह सचिवमा अर्जुन पौडेल निर्जन तथा स्वस्थानी रिजाल सोनी निर्वाचित भएका हुन् ।

नेकपा एमालेको नगर अधिवेशनलाई सर्वसहमत बनाउनका लागि अध्यक्ष मण्डलले गरेको सर्वसहमत प्रयासबाट अध्यक्षमा श्रेष्ठ नेतृत्वको समूहलाई सर्वसहमत बनाइएको हो । अध्यक्षमा सर्वसहमत निर्वाचित श्रेष्ठ यस अघि नेकपा एमालेका नगर कमिटि सचिव तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

यसैगरी सचिवमा निर्वाचित पौडेल एमालेको मोर्चा संगठन प्रेस चौतारी पर्वतका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका प्रदेश कमिटि सदस्य समेत हुन् । अध्यक्ष पदमा यस अघि नै निर्विरोध भए पनि उपाध्यक्ष, सचिव तथा उप सचिव पदमा भने अरु सदस्यहरुको पनि दावी परेको थियो । दावी उपर अध्यक्ष मण्डलले उमदेवारका वीचमा छलफल गरी सर्वसहमत नेतृत्व टुंगाएको अध्यक्ष मण्डलका अध्यक्ष मनोहर वि पौडेलले जानकारी दिए । यस अघि नगर कमिटिमा ७० सदस्यीय नगर कमिटि सर्वसहमत टुंगीएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img