१८ कार्तीक पर्वत
पर्वतमा राती १० वजे पछी देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सुचना प्रकाशन गरि यस्तो जानकारी दिएको हो । कोभिड १९ को जोखिम अझै रहिरहेको र रातको समयमा अपारधिक घटना हुन सक्ने भन्दै रातको १० वजे पछी देउसी भैलो खेल्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी देवीपाण्डे खत्रीले जानकारी दिनुभयो । सक्रमण अझै नियन्त्रणमा नरहेकोले परिवारका सदस्यहरु विच मात्र चाडपर्व मनाउन उहाले आग्रह गनूभएको छ । दिपावलीमा पटक झिरझिरे जस्ता विष्पोटक पदार्थको प्रयोगगर्ने तथा विक्री वितरण गर्नेकार्य गैरकानुनी भएकोले तेस्तो कार्य गर्न पूर्ण प्रतिवन्ध लगाईएको छ । चाडपर्वको समयमा मादक पदार्थ सेवन गर्ने तथा मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउन समेत प्रशासनले आग्रह गरेको छ ।
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026








