निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

दुर्लुङका पहीरो पिडीतहरुलाई घर निर्माणको लागि एनआर एन र युके वासीले गरे सहयोग


महेन्द्र जिसी १५ मंसीर पर्वत
२०७७ जेष्ठ ३१ गते पर्वत दुर्लुङमा आएको पहीरोबाट घरवार गुमाएका पिडीतहरुलाई घर निर्माणको लागि सहयोग गरीएको छ । पर्वत वेलफेर सोसाईटी युके ले पहीरोमा परी परिवार सहीत घर वार गुमाएका दुई जनालाई राहत रकम हस्तान्त्रण गरीएको हो । कुश्मा नगर पालिका तीनका पहीरो पिडीत विकास विक र ओम थापालई जनही चार लाख पचास हजार का दरले हस्तान्त्रण गरीएको हो । एनआर एन वेल्जीयमका अध्यक्ष लाल बहादुर गुरुङ , र पर्वत वेलफेर सोसाईटी युके अध्यक्ष प्रेम आलेले सहयोग रकम हस्तान्त्राण गरेका हुन ।

सहयोग गर्दै अध्यक्ष लाल बहादुर गुरुङले विदेशमा कमाउन पुगेका नेपालीहरुलेको संगठन एनआर एनले देशका विपद पर्दा सहयोग गर्दै आएको बताए । जन्म भुमी छोडेर विदेशीएका दाजुभाईहरुले देशमा परेको आपत विपदहरुका सहयोग गरेर देश प्रतिको माया दर्शाएको जनाए । यस्तै वेलफेयर युके अध्यक्ष प्रेम आलेले देशमा भईरहेको गतिविधिहरुको जानकारी विदेशमा रहेका नेपालीहरुले नजिक बाट हेरीरहेको बताउँदै गास काटेर भएपनि एक जुट भएर सहयोग गर्न जुुटने गरेको बताए । कार्यक्रममा वेलफेर सोसाईटीका सल्लाहकार क्याप्टेन लाल बहादु रानाले मुलुकबासीलाई भन्दा मुलुक बाहीर बसेका नेपालीहरुलाई देशको बढी चिन्ता हुने गरेको बताए । तमुधि युके का अध्यक्ष हित काजी गुरुङको संयोजकत्वमा जिल्लाबाट विदेशमा रहेका नेपालीहरु द्धारा संकलतीक रकम हस्तान्त्रण गरीएको हो । पिडीतहरुले घर निर्माण गरीसके पछि राहत रकम हस्तानत्रण गरीएको हो । पहीरोमा परि ज्यान गुमाएका दिर्पा विवेक अजर अमर प्रतिष्ठानको सहजिकरणमा रहक हस्तन्त्रण गरीएको हो ।रकम हस्तान्त्रण कार्यक्रमा स्थानीय समाज सेवी प्रितम गुरुङ महेन्द्र गुरुङ, वडा अध्या तेज प्रसाद पाध्य लगायतले धारणा राखेका हुन । कार्यक्रमको सञ्चालन दिर्पा विवेक अजर अमर प्रतिष्ठान सचिव राम चन्द्र पौडेलले गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img