११ पौष २०७८ पर्वत
गैरसरकारी संस्था महासंघ नेपालको १० औ महाधिवेशन वाट निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा सम्मान कार्यक्रम पर्वतमा सम्पन्न भएको छ ।
पर्वतमा क्रियाशिल गैर सरकारी संस्था महासंघ नेपाल तथा नागरिक सञ्जाल पर्वतको संयूक्त आयोजनामा वधाई तथा सम्मान कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी महासचिव अर्जून भट्टराई, सचिव काजिमान रोका केन्द्रिय सदस्य विना सिलवाल ,विजय कुमार प्रधान ,जगन्नाथ पौडेल ,भुवन पराजुली र राजेन्द्र पौडेल, लाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा वौल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख मनोहर वि पौडेलले पर्वतमा गैससहरुले सामाजिक रुपान्तरण र समुदायको विकासका लागि राज्यका निकाय संग साझेदारी गर्दै काम गरेको वताउदै गैससहरुको कार्यका लागि धन्यवाद व्यक्त गर्नू भयो । उहाले गैससहरु अझै निरन्तर नागरिक हकअधिकार र सामाजिक विकासमा लाग्नु पर्ने वताउदै आगामी दिनमा कार्यक्रम संचालन गर्दा राज्यका सवै निकायमा समन्वय गरि विपन्न समुदायिको आर्थिक विकासमा लाग्न जोड दिनु भयो ।
कार्यक्रममा गैसस महासंघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदी , महासचिव अर्जून भट्टराइ सचिव काजिमन रोका गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र प्रसाद पौडेल , शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष राजेन्द्र पहाडी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वधाई तथा सम्मान कार्यक्रममा पर्वतमा गैसस महासंघले संचालन गरेका कार्यक्रमहरु ,समुदायमा खेलेको भुमिका तथा वर्तमान अवस्थामा नागरिक समाजले खेल्नु पर्ने भुमिकाको वारेमा गैसस महासंघका निवर्तमान केन्द्रिय सचिव देवी प्रसाद तिमिल्सिनाले सहजिकरण गर्नुभएको थियो ।
पर्वतमा ३ हजार भन्दा वढि गैससहरु संस्था दर्ता ऐन अनुसार दर्ता भएकार हाल ११५ वटा संस्थाहरु नियमित नविकरण भै क्रियाशिल रहेको महासंघले जनाएको छ ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी नागरिक समाजका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष रमेश प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासंघका सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य नागरिक सञ्जाल पर्वतका संयोजक मान कुमारी गिरीले राख्नु भएको थियो ।









