निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा भूकम्पपीडितले घर बनाएको रकम पाएन

पर्वत — भूकम्पले घर भत्किएको ६ वर्ष बित्नै लाग्दासमेत पर्वतका पीडितले अझै पुनर्निर्माणबापतको रकम पाउन सकेका छैनन् । निजी आवास निर्माणका लागि अनुदान वितरण तथा लाभग्राहीको तथ्यांक संकलनका लागि भूकम्प प्राधिकरणले सञ्चालनमा ल्याएको कार्यालयसमेत अस्तव्यस्त छ । पर्वतका दुई हजार लाभग्राही अझैसम्म आवासको रकम पाउनबाट वञ्चित छन् ।

अघिल्लो आर्थिक वर्षमै घर निर्माण सकेर अन्तिम किस्ताका लागि रकम माग गर्नेमा झन्डै एक हजार थिए । साउनयता घर निर्माण सकेर अनुदान रकम माग गरेकाले समेत अहिलेसम्म नपाउँदा निराश छन् । फलेबास नगरपालिका–३ का जीवन परियारले पहिलो किस्ता पाएपछि दोस्रो किस्ताका लागि जेठमै निवेदन दिए ।

असारको अन्तिममा रकम निकासा हुने भनिए पनि बजेट नआएको भन्दै फर्काइयो । त्यसयता पटकपटक उनी कुश्मा पुगे । दर्जनौंपल्ट कर्मचारीलाई फोन गरे । माथिबाटै पैसा नआएको जवाफ पाए । आफूजस्ता कैयौंले पैसा नपाएको उनले बताए ।

पैयुं गाउँपालिका–४ का हिमलाल भुसालले पनि घर निर्माण गरेको लामो समय भइसक्दासमेत पैसा नपाएको गुनासो गरे । ‘भूकम्प प्राधिकरणले कसैलाई काखा कसैलाई पाखा गरेको छ,’ उनले भने, ‘हामीले घर बनाएपछि पैसा पाइन्छ भनेर बनायौं । अहिले के–के भनेर पैसा नपाइने कुरा भएछ ।’

अनुदान रकम वितरण हुन नसकेका कारण गएको असारयता पुनर्निर्माण सकिएका घरको अध्यावधिकसमेत हुन सकेको छैन । पर्वतका दुई नगरपालिकासहित सातै स्थानीय तहमा सम्पर्कका लागि प्राधिकरणले करारमा प्राविधिक राखेको थियो । एक जना इन्जिनियर र एक जना ओभरसियरको दरबन्दीसहित सातवटा पालिकामा १४ जना करारका प्राविधिक कार्यरत छन् । तर, ती प्राविधिकले समेत साउनयता पारिश्रमिक पाएका छैनन् ।

चालू आवमा सम्बन्धित निकायबाट बजेट नपठाउँदा निर्माण सम्पन्न भएका घरलाई प्रगतिका रूपमा देखाउन नसकिएको कार्यालयका निमित्त प्रमुख इन्जिनियर सन्तोष नेपालीले बताए । कान्तिपूर दैनिक वाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img