निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अंग्रेजी नया वर्षको अवसरमा कुश्माको बन्जी साइडमा बृहत सास्कृतिक कार्यक्रम हुने

१२ पौष २०७८ पर्वत/ पर्यटन प्रवद्र्धनका लागि यूवा भन्ने मुल नारका साथ अंग्रजी नया वर्षको अवसरमा कुश्माको वन्जी साइडमा वृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
कुश्मा पर्यटन विकास संस्थाको आयोजनमा नया वर्ष २०२२ को अवसरमा यही पौष १५ र १६ गते वृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुती सहित विविध सास्कृतिक कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

पौष १५ गते दिनको २ वजे वाट आयोजना गरिने कार्यक्रममा वेलुका १० वजे सम्म संचालन हुने संस्थाका अध्यक्ष वम वहादुर पुनले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । लामो समय देखी कोभिड १९ का कारण संकटमा परेको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न तथा अंग्रेजी नया वर्ष मनाउन वाहिर जाने पराम्पराको अन्त्य गर्न कुश्मामा नै नयावर्ष विषेश कार्यक्रमको आयोजना गरिएको संस्थाका सदस्य पूर्ण थकालीले वताउनु भयो ।

अंग्रेजी नया वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा आन्तरिक तथा वाह्रया पर्यटकहरुलाई भरपूर मनोरञ्जन दिने आयोजकले जनाएको छ । कार्यक्रममा द भ्वाइस नेपाल टप ४ मा पर्न सफल ताराश्रीस मगर लोक दोहरी गायक प्रकास दुतराज , कृष्ण अखेली सुर्य खड्का आधुनिक गायक मार्मिक लामा सुदिन गूरुङ लगाएतका कलाकारहरुको सांगितिक प्रस्तुती रहेने छ ।

कार्यक्रमको तयारीको वारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्वतका सचिव राजवावु पिसी , प्रेस यूनियन पर्वतका अध्यक्ष माया अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कुश्मा पर्यटन विकास संस्थाका अध्यक्ष वम वहादुर पुनको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनको संचालन पत्रकार दिपेश वि पोखरेलले गर्नुभएको थियो भने रिडम म्यूजिक ग्रूपका व्यवस्थापक सन्दिप वस्यालले स्वागत मन्तब्य राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img