निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वत भंगराका १८० वालवालिकाहरुलाई न्यानो कपडा वितरण

१४ पौष २०७८ /पर्वतको फलेवास नगरपालिका ९ भंगराका १ सय ८० वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । पोखरामा स्थापति भै सामाजिक सेवा गर्दै आएको लायन्स क्लव अफ पोखरा आखी झ्यालले भंगराका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा सुइटर,टोपी लगाएतका कपडा वितरण गरेको हो ।

कार्यक्रममा भंगराका ग्रामोदय माविका १ सय ९ ,लिमिउल्लेरी आधारभुत विद्यालयका ४२ भवानी आधारभुत विद्यालयका १३ , शारदा प्राविका २५ जना देउराली प्राविका १० र बेतेनी प्राविका १० जना विद्यार्थीहरु लाई न्यानो कपडा वितरण गरिएको आयोजकले जनाएको छ । मौषम वदली भै चिसो वढ्दै गएको अवस्थामा वालवालिकाहरुलाई चिसो वाट वच्न न्यानो कपडाहरु वितरण गरिएको लायन्स क्लव डिस्ट्रिक ३२५ बि का कलष्टर प्रमुख लायन मोहन सुवेदीले जानकारी दिनुभयो उहाले लायन्स क्लव निरन्तर सामाजिक सेवामा लागिरहेको वताउदै निकट भविष्यमा स्वस्थ्य सचेतना कार्यक्रम तथा स्वस्थ्य शिविर कार्यक्रम पनि लिएर आउने वताउनु भयो ।
कार्यक्रममा वोल्दै वडा अध्यक्ष गंगाधर शर्माले लायन्स क्लव अफ पोखरा आखी झ्यालले भंगरालाई छनौट गरि विद्याथीहरुलाई न्यानो कपडा वितरण गरेकोमा खुसी व्यक्त गर्दै आयोजकालाई धन्यवाद व्यक्त गर्नभयो । कार्यक्रममा ग्रामोदय माविका प्र अ कृष्ण प्रसाद सापकोटा ,भंगरा पोखरा सम्पर्क समाजका अध्यक्ष नविन क्षेत्री लगाएतले धन्यावाद मन्तव्य राख्नुभएको थियो ।
लायन्स क्लव अफ पोखरा आखिझ्यालका अध्यक्ष लायन दयाराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव लायन जगत पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष लायन प्रदिप भुजेलले गर्नुभएको लायन बाबुराम सुवेदीले जानकारी दिनुभएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img