निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा ३ दिने पत्रकारिता तालिम सम्पन्न

डिल व विक. /२३ पुष २०७८ पर्वत
पर्वतमा कृयाशिल पत्रकारहरुका लागि आयोजना गरिएको ३ दिने पत्रकारिता तालिम सुक्रवार सम्पन्न भएको् छ ।
जिल्लामा कृयाशिल पत्रकारहरुको प्रवद्र्धनका लागि कुश्मामा आयोजना गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो । वुधवार देखी संचालन भएको तालिम कानुन तथा प्रदेश मामिला मन्त्रालय गण्डकी प्रदेश ,कुश्मा नगरपालिकाको सहयोग,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा पत्रकार महासंघ पर्वतको व्यवस्थापनमा सम्पन्न भएको हो ।


तालिमको समापन गर्दै कुश्मा नगरपालिका उप प्रमुख सिता काफ्ले लामिछानेले पत्रकारले सत्य तथ्य समाचारको श्रोत लिएर समचार लेखन गर्न अनुरोध गर्दै विश्वास गर्ने श्रोत वाट सुचना लिएर पाठक सम्म पुर्याउन अनुरोध गर्नुभयो । उहाँले पत्रकारिता प्रवद्र्धनका लागि कुश्मा नगरपालिका वाट समेत आवश्यक वजेट व्यवस्थापन गरेको वताउदै पत्रकारिता प्रवद्र्धनका लागि अन्य पालिकाहरुलाई पनि सहयोग गर्न अनुरोध गर्नूभयो ।
तालिममा फिचर लेखन , पत्रकारिताका आधारभुत सिद्धान्त ,समचारका श्रोत ,व्यवसायिक पत्रकारिता र फोटो भिडियोको वारेमा सहजिकरण गरिएको थियो भने तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ नेपालका पुर्व अध्यक्ष धर्मेन्द्र झा र पत्रकार चन्द्र शेखर कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा नेपाल पत्रकार महासंघका पर्वतका पुर्व अध्यक्ष ओम प्रसाद घायल , दुर्गा प्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सहभागिको तर्फवाट पत्रकार इन्दु तिवारी र रोशन तिवारीले मन्तव्य राख्नु भएको थियो ।


तालिम समापनकै अवसरमा आयोजक तथा प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले आगामी दिनमा पनि पर्वतमा विभिन्न तालिम संचालनका लागि सहयोग गर्न अनरोध गर्नु भयो ।
नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष सोनी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव गोविन्द सुवेदीले गर्नभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img