निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

विश्वकै दोस्रो लामो जीपलाइन सञ्चालनमा ,नगर प्रमुख जोसी द्धारा उद्घाटन

डिल व वि.क / पर्वत
विश्वकै दोस्रो लामोे सुपरम्यान शैलिको जीपलाइन व्यावसायिक रुपमा संचालनमा आएको छ । पर्वतको कुश्मामा संचालन गरिएको जीपलाइनको शनिवार कुश्मा नगरपालिका का नगरप्रमुख तथा जीप लाइन संचालक समितीका संरक्षक राम चन्द्र जोसीले रिवन काटेर उद्घाटन गर्नुभएको छ ।


पछिल्लो समय पर्यटकको आकर्षण वन्दै गएको पर्वतको कुश्मा मा जिप लाइन संचालनले वाह्या तथा आन्तरिक पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्ने र पर्वतको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने जोसीको भनाइ रहेको छ । उद्घाटनकै क्रममा कालिगण्डकी एकेडेमी कुश्माका कक्षा ९ का छात्रा १४ वर्षीय मेमोरिना केसी र नविता वि.क.ले जिपलाइन गरेका छन् ।

आज वाटै टिकट बुकिङ खुला गरिएको जिपलाइनमा प्रति व्यक्ति ३ हजार ५ सय टिकट तोकिएको कम्पनिले जनाएको छ । केही दिन जीपलाइनको लगातार परिक्षण गरि नियमित संचालनमा आएको हो । कम्पनिले जिपलाइन संगै जिपलाइन अवतरण स्थान कालिगण्डकी नदिको किनारमा रिसोर्ट पनि संचालनमा ल्याउने तयारी गरेको छ । कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा गरिने जिपलाइन ६० देखि ९० सेकेण्डमा कालीगण्डकी नदी किनारमा रहेको रिसोर्टमा अवतरण हुनेछ ।

सुपरम्यान शैलिको जीपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनिले जनाएको छ ।
कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकी नदिको गहिरो खोँच हुँदै साउने बगरसम्म १ हजार ४०० मिटर लम्बाइको जिपलाइनमा २ जनाले सँगै यात्रा गर्न सकिने कम्पनीका अध्यक्ष विदुर पौडेलले जानकारी दिनु भयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img