निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवास नगरपालिकाको दशौँ नगरसभा सम्पन्न

२७ माघ २०७८/ पर्वतकोे फलेवास नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । विहीवार एक समारोहका विच नगरको सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाको बैठकमा बाबुराम शर्माले नगर विपदु जोखम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेश गर्नुभएको थियो , भोलानाथ भुसालले फलेवास नगरपालिकको स्थानिय उर्जा विकास सम्बन्धी विधेयक, गंगानारायण श्रेष्ठले नगरपालिकामा कार्यरत कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक, अमृता कुमारी शर्माले फलेवास नगरपालिकाको स्थानीय पाठ्यक्रम, निर्मला भुसाल काफ्लेले फलेवास नगरपालिकाको बालबालिकाका अधिकार ब्यवस्थीत गर्न बनेको ऐन २०७६ माथि संशोधन प्रस्ताव २०७८ पेश गर्नुभएको थियो भने, नगर उपप्रमुख मञ्जु अधिकारीले नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को संशोधित बजेट विधेयक प्रस्तुत गर्नुभएको थियो ।

फलेवास नगरपालिकाले नगर विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक मा नगरपालिका क्षेत्र भित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधरणको जीउज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पति, प्राकृतिक उवम् साँस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नका लागि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा कार्यान्वायनका लागि कानुन बनाउन वाञ्छनिय भएकाले नेपालको संविधानको धारा २२१ को उपधारा (१) को अधिकार प्रयोग गरी नगरसभाले यस्तो ऐन बनाएको छ । यस्तै स्थानिय उर्जा विकास सम्बन्धि विधेयक २०७८ पकिन पारीत भएको छ । प्राकृतिक श्रोत साधनको संरक्षण, सम्वद्र्धन र उपयोग गर्ने उद्धेश्यले फलेवास नगरपालिका क्षेत्रमा रहेका नदी, खोला, पोखरी, शौर्य श्रोत, वैकल्पिक श्रोतबाट १ मेघावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको सर्वेक्षण , उत्पादन, प्रसारण र वितरणको अनुमति जारी गर्न वान्छनीय भएकोले नेपालको संविधानको धारा २२१ बमोजीम अनुसुची ८ र अनुसुची ९ मा उल्लेखित साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा सम्बन्धी स्थानिय तहको अधिकार कार्यान्वयनका लागि कानुनी व्यवस्था गर्न, फलेवास नगरपालिकाको नगर सभाले यस्तो विधेयक बनाएको हो । दशौँ नगर सभामा नगरप्रमुख पदमपाणि शर्माले सवैको रोहवरमा विधेयकहरु पेश भएर पारीत भएको बताउँदै समृद्ध फलेवास बनाउनको लागि सवैको साथ सहयोग मिलेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img