निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र १, २०८२
Sunday, March 15, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

हरित अभियानका लागि लायन्स क्लव अफ पर्वत ब्रिज सिटीले गर्यो भिडियो प्रर्दशनी

२०७८ चैत्र २ पर्वत ।

पर्वत लायन्स क्लव अफ पर्वत ब्रिज सिटीको ओजनामा पर्वतको कुश्मामा हाम्रो हरित भविष्य भिडियोसो कार्यक्रम सम्पन्न भएको छ । यूवा वर्गमा एक अर्का वीच सहकार्यको भावनालाई वढवा दिन तथा हरित आचार संहिता प्रवद्र्धन गर्ने उद्देश्यका साथ हाम्रो हरित भविष्य कार्यक्रम अभियान अन्तर्गत भिडियोसो कार्यक्रम सम्पन्न भएको हो ।

कुश्माको कालिगण्डकी एकेडमीमा आयोजना गरिएको भिडियो सो कार्यक्रममा १०० जना भन्दा वढि विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि को चिप एडभाइजर लायन्स वसन्त कुमार कर्मचार्यले यूवा वर्गमा हाम्रो हरित भविष्य अभियानले सकारत्मक सन्देश पुर्याउने वताउदै आयोजक लाई धन्यवाद दिनु भयो ।साथै यस अभियान वढी भन्दा वढी यूवा माझ पुर्याउन सकेमा यूवाहरु विच जलवायू परिवर्तनको सन्देश प्रवाह हुने उहाले वताउनु भयो ।

कार्यक्रममा जोन चियर पर्सन ला। इश्वरी पाठक, लायन्स क्लब अफ पर्वत ब्रिज सिटिका डाइरेक्टर ला। राजेश गिरीको उपस्थिती रहेको थियो । लायन्स क्लब अफ पर्वत ब्रिज सिटिका अध्यक्ष ला। सन्दिपमान श्रेष्ठको अध्यक्षतामा सम्पन् कार्यक्रमको संचालन लायन्स क्लब अफ पर्वत ब्रिज सिटिका डाइरेक्टर लायन्स राजेश गिरीले गर्नू भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img