निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, फाल्गुन १, २०८१
Thursday, February 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रधानमन्त्री पक्षका वकिलले आज पनि बहस गर्दै

काठमाडौं :  प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले आज पनि संवैधानिक इजलासमा बहस गर्ने छन्।

सात घण्टाको समयमध्ये आजका लागि प्रधानमन्त्रीको तर्फबाट बहस गर्न चार घण्टा ३० मिनेट समय बाँकी छ। 

हिजोको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरे।

संवैधानिक इजलासमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उनले प्राकृतिक न्यायको सिद्धान्तले पनि राष्ट्रपतिविरुद्ध मुद्दा हाल्न नमिल्ने तर्क गरे। उनले विघटनको सिफारिसलाई राष्ट्रपतिले कार्यान्वयन मात्र गर्नुभएको तर्क गरे। यसअघि, सहन्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र दशरथ पङ्गेनीले बहस गरे। उनीहरूले संवैधानिक अधिकारअनुसार नै राष्ट्रपतिले काम गरेको तर्क गरेका थिए। 

प्रधानमन्त्रीका तर्फबाट हिजो तीन जना वरिष्ठ अधिवक्ताले बहस गरेका छन्। प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने २३ कानुन व्यवसायीमा अब २० जनाले बहस गर्न बाँकी छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img