निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र १, २०८२
Sunday, March 15, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पत्रकारीता छोडेर वडाअध्यक्षको उमेदवारी दिएका निर्भीक भन्छन् , पैयूँको विकास र समृद्धीमा लाग्छु ।

पर्वत । समाज बदल्छु भन्ने अठोट बोकेको कलिलो युवा । जो कलिलो उमेर मै विदेशीयो । परदेशको पिर बुझेर स्वदेश फर्किएपछि उ पत्रकारितामा लाग्यो । पत्रकारितासंगै समाज परिर्वतन र सामाजिक भावनाको हुटहुटीले उसका कयौ रातका निन्द्राहरु बेचैन भए । अन्ततः पेशासंगै सामाजिक कार्यमा उसको मन गयो । गरिबका झुपडी देख्यो, भत्किएका सडक देख्यो, विपन्नता र अपांगता देख्यो । २०७७ सालमा उसले द निर्भिक फाउण्डेसन जन्मायो र सामाजिक सेवामा संग्लन्न भयो । फाउण्डेसन मार्फत घर भत्किएर उजाड भएका वस्तीहरु सजाउने उसले सपना देख्यो ।

पर्वत जिल्लाको पैयू गाउँपालिका वडा न ५ का नारायण भुर्तेल आफूलाई निर्भिक भन्न रुचाउँछन् । देश र विदेशमा हण्डर ठक्कर खाएर नेपाली भूमि बदल्ने संकल्प बोकेका निर्भिक पर्वत र स्याङजा जिल्लामा कर्मथलो बनाएर पत्रकारिता पेशामा सग्लन्न छन् । उनको पेशा अहिले रोकिएको छ । उनी एमालेको तर्फबाट पैयू ५ मा वडाअध्यक्षका उमेदवार बनेका छन् ।

निर्भिकले एक दर्जन घर बनाए । एकिकृत वस्ती बनाए । भूमि हिन गरिबलाई घर उपहार दिए । ओत विहिन निमुखालाई ओत दिए । पैयूका सवै वस्तीमा उनको सहज पहूँच छ । आपत परे गाउँलेले निर्भिक खोज्नछन् । विपद्को बेला निर्भिककै खोजी हुन्छ ।

‘समाज सेवा यत्तिले मात्र पुगेन’ उनी थप्छन–‘सामाजिक सेवा राजनीतिबाट अझ सजिलो रैछ ।’ कलिलो उमेरमै उनलाई एमालेले विश्वास गर्यो र वडा अध्यक्षको उमेदवार बनायो ।

भोट माग्न घरदैलो पुग्ने गरेका निर्भिकलाई स्थानीयले आर्शिवाद दिएका छन् । ‘जनताको अपार माया र विश्वास छ’ उनले भने–‘निर्वाचनको जीत हार सैद्धान्तिक कुरा हो, तर मेरो जीत भईसकेको छ ।’

राजनैतिक विश्वास एउटा पाटो हो उनी थप्छन–‘समाज बदल्ने मेरो विश्वास यहाँका जनताहरु नै हुन ।’ यो उमेरमा उनले पैशा कमाउने कर्म गरेको भए धेरै धनि बन्न सक्थे, चाहना पुरा गर्न उनी वडाअध्यक्षको दौडमा होमिएका छन् । अन्य ४ जना वडा सदस्य सहित अहिले उनी चुनावी मैदानमा छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img