निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवास नगरपालिका ७ लिमिठानामा एमालेको घरदैलो अभियान , मतदाता उत्साहित

विकास राज पौडेल
नेकपा एमाले फलेवास नगरपालिका वडा नं.७ लिमिठानाका उम्मेदवारको घरदैलो तथा कोणसभा लिमिठानाको तिनधारेमा सम्पन्न भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्मा, उपप्रमुख पदका उम्मेदवार मञ्जु अधिकारी,वडा अध्यक्षका उम्मेदवार केसर पन्त, दलित महिला सदस्य पवित्रा सुनार, खुल्ला महिला सदस्य सावित्रा कुमारी शर्मा, खुल्ला सदस्य नन्दलाल वहादुर क्षेत्री र गिता दर्जी, प्रदेश कमिटी सदस्य मेगनाथ सुवेदी,देवेन्द्र पाण्डे,जिल्ला सदस्य कमला पन्त,सुरक्षा लामिछाने,सहित नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागितामा घरदैलो तथा कोण सभा सम्पन्न गरिएको हो । सो अवसरमा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्माले अघिल्लो कार्यकालमा फलेवासमा थुप्रै परिवर्तन आएको बताउँदै पुरा गर्न बाँकी कामलाई आगामी कार्यकालमा पुरा गरी समृद्ध फलेवास सुखि नेपालीको चाहाना पुरा गर्ने अवसर दिन अपिल गर्नुभयो । उहाँले एमालेकै नेतृत्वमा फलेवासको विकास र समृद्धि सम्भव हुने बताउनुभयो, साथै लमाय,लिमिठाना,ठानामौलाको वाटो छिटै पिच हुने बताउनुभयो ।
एमालेका युवा नेता तथा वडा अध्यक्षका उम्मेदवार केसर पन्तले अघिल्लो कार्यकालमा लिमिठानामा थुप्रै परिवर्तन आएको बताउँदै पुरा गर्न बाँकी कामलाई आगामी कार्यकालमा पुरा गरी समृद्ध वनाउने बताउनुभयो । लिमिठानालाई नजिकवाट नियालेर हेरेको र खेलकुद मैदान,खानेपानी,कृर्षि लगायतका समस्या समाधान गर्ने बताउँदै यस वडाको विकासका लागि आफुलाई बिजयी गराउन अपिल गर्नुभयो । कार्यक्रममा उपमेयरका उम्मेदवार मन्जु अधिकारी, प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डे, मेगनाथ सुवेदी लगायतले बोल्नुभएको थियो भने सञ्चालन नगर कमिटी अध्यक्ष देवि तिमिल्सिनाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img