निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र १, २०८२
Sunday, March 15, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

चुनाव जिते भत्ता र गाडीको सुविधा नलिने फलेवास गठबन्धनका उम्मेदवार तिवारीको घोषणा

वैशाख २२

। पर्वतको फलेवास नगरपालिकाको प्रमुखको लागि गठबन्धनका साझा उम्मेदवार रहेका गंगाधर तिवारीले स्थानीय तहको प्रमुखमा आफू निर्वाचित भएमा राज्यको सुबिधा नलिने घोषणा गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमा लेका पदमपाणी शर्मासँग पराजित बनेका तिवारी यस पटक पनि उनै शर्मासँग गठबन्धनबाट चुनावी मोर्चामा रहेका छन्। निर्वाचनमा आफू पराजित भएको अवस्थामा व्यक्तिगत रुपमा सामाजिक सहयोग गर्दै आएको र अब नगर प्रमुख बनेमा राज्यले दिने सुबिधा आफ्ना लागि आवश्यक नहुने उनले बताएका छन्। ‘राज्यले दिएको तलब, भत्ता वा कुनै प्रकारको रकम मेरा लागि आवश्यक छैन्। मैले जितको अवस्थामा जे जति सुबिधा मैले पाउने हो त्यो रकमलाई नगरपालिकाको विशेष कोषमा राखेर समस्स्यामा परेका, गरिब, दलित, विपन्न, अपाङ्गता भएका लगायतको लागि खर्च गर्ने छु,’ उनले भने, ‘जनताको सेवाका लागि जनप्रतिनिधि भएर आउने हो, राज्यको सुबिधा लागि मेरा लागि आवश्यक नभएका कारण त्यो सुबिधा जनताका लागि नै खर्च गर्छु। किनकी जनताले दिएको मतले नै म बिजयी बन्ने हो।’
साबिकका ११ ओटा ग्रामिण गाविसहरुलाई समेटेर घोषणा गरिएको नगरपालिकामा पूर्वाधार विकास, कृषि उद्यम, बेरोजगार समूहलाई सीप तथा प्रशिक्षण, शिक्षा, स्वास्थ्य, खेल लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकाले आफूले त्यसैमा ध्यान दिने नेता तिवारी बताए। फलेवासको उपप्रमुखमा गठबन्धबाट नेकपा माओवादी केन्द्रकी शोभा क्षेत्री र नेकपा एमालेबाट निवर्तमान उपप्रमुख मञ्जु अधिकारी नै चुनावी मैदानमा रहेका छन्।
नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका तिवारीले अघिल्लो निर्वाचनमा थोरै मत अन्तरले आफू पराजित भएको भए पनि यस पटक भने आफू नै बिजयी बन्ने दाबी गरे। यस पटक गठबन्धनमा रहेका दलहरुका साथै आम नागरिकले पनि आफ्नो नेतृत्वमा फलेवासको विकास भएको देख्न चाहेका कारण आफू चुनावी मैदानमा होमिएको तिवारीको भनाई छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img