निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

महाशिलामा लिप्ट खानेपानीको विद्युत महशुल गाउँपालिका तिर्ने

 पर्वत । जिल्लाको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुषालले पदभार ग्रहण गरे लगतै लिप्ट खानेपानीको विद्युत महशुल गाउँपालिकाबाट भुक्तानी गर्ने निर्णय गरेका छन् ।

महाशिला गाउँपालिकामा सञ्चालीत लिप्ट खानेपानी आयोनजाहरुको विद्युत महशुस यस अघि उपभोक्ता स्वयम्ले तिर्दै आएका थिए । सरकारको दायित्व स्वच्छ खानेपानी जनतालाई उपपलब्ध गराउनु हो, तर चर्को महशुस तिरेर उपभोक्ताले खानेपानी प्रयोग गर्न बाध्य भएपछि भुषालले यस्तो ब्यवस्था गरेका हुन् ।

नेकपा एमालेको तर्फबाट निर्वाचित भुषालले खानेपानीको लागि स्थानीयले अव धेरै रकम खर्च गर्न नपर्ने बताए । गरिबीको रेखामुखी रहेका विपन्न वर्गले महशुल तिर्न समस्या रहेको गुनासो गरे पछि उनले यस्तो ब्यवस्था गर्ने निर्णय गरेका हुन् ।

गाउँपालिकामा सञ्चालीत होश्राङदीको कालेगैह लिप्ट खानेपानी, अल्झिडाडा चिर्पु लिप्ट खानेपानी, लुखुरे सिगारकोष लिप्ट खानेपानी, लुंखुमा सञ्चालीत घट्टेखोला माइथान लिप्ट खानेपानी, फलामखानीको सिस्नेरीगढी लिप्ट खानेपानी, भुतेखोला घण्टे कडेनी लिप्ट खानेपानीमा अव बाट स्थानीयले विद्युत महशुल तिर्न नपर्ने भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img