निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

डेङ्गु नियन्त्रणका लागि पर्वतमा सचेतना अभियान

पर्वत, भदौ २२ । डेङ्गु नियन्त्रणका लागि पर्वतमा सचेतना अभियान संचालन गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको आयोजना तथा पर्वत जिल्ला अस्पतालको समन्वयमा सचेतना कार्यक्रम गरीएको छ । सचेतना अभियान अन्र्तगत जिल्ला अस्पताल पर्वत देखी मुख्य बजार क्षेत्र हुदै शिवालय चोक सम्म ¥याली ,जानकारी मुलक पर्चा बाड्ने तथा माइकिंङ गरेर समाजलाई सचेत गराउने काम गरीएको क्लबका अध्यक्ष कल्पना कुमारी शर्माले जानकारी दिईन ।
पर्वत अस्पतालका प्रमुख डा.रुक्मिणी अधिकारीले लामखुट्टेको टोकाइबाट बच्न सावधानि अपाउनुपर्ने बताईन । “आफ्नो घरमात्रै सफा राखेर हुँदैन, वरिपरिको सफाइमा पनि ध्यान दिनुपर्छ”, उनले भनिन्, “डेङ्गुको लामखुट्टे सफा पानीमा बस्छ, सफा पानी केही दिन जम्मा भएमा त्यही फुल पार्न सक्छ, हरेक दिन निरीक्षण गर्न नछोडौँ ।” उनले डेङ्गुबाट नआत्तिन र सचेत बन्न सुझाब समेत दिईन् । शरिर ढाकिने कपडा लगाउन, हात, गोडामा क्रिम वा तेल लगाउन सबैमा उनको आग्रह थियो ।
सचेतना कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, लियो क्लबक अध्यक्ष सुर्दशन पौडेल, सिनियर एडभाइजर मुना लामिछाने, जोन चियरपर्सन अर्जुन पौडेल, संस्थापक अध्यक्ष हरिओम शर्मा लामिछाने, क्लबका सम्पूर्ण पदाधिकारी र सदस्यहरु हरुको उपस्थिती रहेको थियोे । सचेतना कार्यक्रम माथी कार्यक्रम संयोजक उमाकान्त तिवारीले प्रकाश पारेका थिए भने सञ्चालन सचिब सुमन्तनाथ सूबेदीले गरेका थिए । डेङ्गु रोग जमेको सफा पानीमा बस्ने एक खालको लामखुट्टेको टोकाइबाट लाग्दछ । यो रोग लाग्दा ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, जिउ दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, छालामा रातो दाग देखा पर्ने जस्ता लक्षण देखिन्छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img