निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

बिपत व्यवस्थापनका लागि २ दिने तालिम सम्पन्न

पर्वत,भदौ २३ / बिपत व्यवस्थापनका लागि फलेवास नगरपालिकाले २ दिने तालिम सम्पन्न गरेको छ । नगरभित्र हुने बिपत सम्बन्धि घटनाको व्यवस्थापन गर्न सरोकारवालाहरुलाई प्रशिक्षण आयोजना गरिएको हो । नगरपालिकाका वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु तथा बिपत् व्यवस्थापन शाखाका प्रमुख लगायत पदाधिकारीहरुका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा बिहिबार र शुक्रबार गरि दुई दिने प्रशिक्षणको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गंगाधर तिवारीले नगरभित्र हुने बिपतका घटनाहरुको तत्काल व्यवस्थापन र राहत तथा उद्दारमा पालिकाको तर्फबाट हुने कुनैपनि कसर बाँकी नराखिने उल्लेख गर्दै मन्त्रालय र माथिल्लो निकायबाट हुने सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । तालिमका अवसरमा सामान्य प्रशासन मन्त्रालयका सम्बन्धित विषयका विज्ञहरुले संघ, प्रदेश र जिल्ला हुँदै स्थानीय पालिका र वडासम्मका बिपत व्यवस्थापन समितिका काम कर्तव्य अधिकारबारे व्याख्या गरे । त्यसबाहेक बिपत सम्बन्धि विद्यमान ऐन कानूनहरु, बिपतबाट बच्न गर्नुपर्ने पुर्वतयारी, राहत उद्दार लगायतका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, बिपत् व्यवस्थापन शाखाका प्रमुख रमेश शर्मा पौडेल लगायत विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img