निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

चाडपर्व लाई लक्षित गर्दै सवारी जाँचमा पर्वत ट्राफिकको सक्रियता

पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै जिल्लाका विभिन्न स्थानमा पुगेर गरिने चेकजाँचलाई बाक्लो बनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार नेपालीहरुका महान चाड नजिकै आउँदा सवारी र यात्रु दुवैको चाप बढ्ने भएकाले चेकजाँचलाई बढाइएको हो । यात्रुको चाप बढेको बेलामा भाडा असुली बढी हुन सक्ने, यात्रुहरु ठगिने तथा यात्रुहरुको झोला हराउने र साटीने, सवारीहरुमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घट्नाको जोखिम हुने लगायतका समस्याहरु आउन सक्ने भएकोले चेकजाँच बढाइएको हो । प्रहरी नायव निरीक्षक निउरेले बजारभित्र मात्र चेकजाँच हुँदा ग्रामिण क्षेत्रमा चल्ने समस्या बढ्न सक्ने भएकाले सदरमुकाम कुश्मा बजार बाहिरका बिभिन्न स्थानमा पुगेर पनि जाँच गर्न थालिएको बताए ।
सबैभन्दा बढी चाप मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडकमा हुने भए पनि उक्त सडकका अन्य ठाउँमा पनि चेकजाँच हुने गरेको छ । पोखरा–बागलुङ सडक अन्तर्गत कास्कीको सिम्पानी, हेम्जा, नाउँडाँडा, नयाँपुल, पर्वतको डिमुवा, अम्बोट, कुश्मा र मालढुङ्गामा चेकजाँच हुने गरेको छ । उक्त सडकमा चल्ने सवारीहरुको निरीक्षण नियमित रुपमा हुने गरेको भए पनि जिल्लाका ग्रामिण क्षेत्रदेखि सदरमुकामसम्म आउजाउ गर्ने सवारीहरुको चेकजाँच बिरलै हुने गरेको छ ।
चेकजाँच कम भएको मौका छोपेर सवारी सञ्चालनमा लापरबाही हुन सक्ने भएकाले ट्राफिक प्रहरीले ग्रामिण क्षेत्रको चोकजाँचलाई पनि बाक्लो बनाएको निउरेको भनाई छ । यात्राका क्रममा पनि समस्या आएमा तत्कालै ट्राफिकलाई फोन गरेर समस्याको बारेमा जानकारी गराउन पनि ट्राफिक प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ ।
जिल्लाभित्रका कालोपत्रे गरिएका तथा कच्ची सडकमा चल्ने जीप र बस सहित टेम्पूको पनि भाडादर कायम गरिसकिएकाले सोही अनुसारको भाडा लिन पनि ट्राफिक प्रहरीले सवारी सञ्चालकहरुलाई अनुरोध गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img