निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

निर्वाचन आचारसहिंता उलंघन गरेको भन्दै फलेवासका नगरप्रमुख र कुश्माका उपप्रमुखलाई स्पष्टिकरण माग

पर्वत
निर्वाचन आचार संहिता उलंघन गरेको विषयमा पर्वत फलेवास नगरपालिका का प्रमख गंगाधर तिवारी र र कुश्मा नगरपालिका उपप्रमुख स्वास्थनी रिजाल लाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण मागेको छ ।
नगर प्रमुख तिवारीले आचारसंहिता विपरित चुनाव प्रचार प्रसारमा हिडेको विषयलाई लिएर स्पष्टिकरण मागेको हो । उनि नेपाली कांग्रेसको चुनावी प्रचार प्रसारमा फलेवास १ कार्कीनेटामा सहभागी भएको टेलिभिजनमा प्रसारित दृक्ष्य सहितको उजुरी रहेको छ । तेसैगरि कुश्मा नगरपालिका उप प्रमुख स्वास्थनी रिजालले सामुदायिक स्वस्थ्य इकाइलाई स्वस्थ्य सामाग्री वितरण गरेको आधारमा उजुरी परेको हो । उजुरी परेको आधारमा निर्वाचन आयोगले निर्वाचन ऐन २०७३ को दफा २३ को उफ दफा ३ वमोजिम जिल्ला आचार संहिता समितीमा २४ घण्टा भित्र स्पष्टिकरण दिन माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । निर्वाचन आचार सहिंता अनुसार स्थानिय तहका प्रमुख उप प्रमुख तथा कार्यापालिका सदस्यहरुलाई कुनै पनि दलको चुनाव प्रचार प्रसार गर्न रोक लगाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img