पर्वत
नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा खवर संकलन शिविर सञ्चालन हुने भएको छ । महासंघले कुश्मा नगरपालिकाको सहयोगमा शिविर सञ्चालन गर्न लागेको हो ।
पहिलो पटक आयोजन गर्न लागिएको शिविरमा पर्वतका क्रियाशिल सवै पत्रकारहरुलाई सहभागि गराउने महासंघले जनाएको छ । खवर संकलन शिविरले कुश्मा नगरपालिकाले पर्यटन प्रवद्र्धनको क्षेत्रमा गरेका क्रियाकलापहरुको प्रचार प्रसार संगै पर्यटकिय सम्भावना वोकेका स्थलहरुको थप प्रचार प्रसारमा टेवा पुन्ने अपेक्षा गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंङ्ग गुरुङले वताउनु भयो ।
यही पौष १ गते देखी २ गते सम्म आयोजनगर्न लागिएको खवर संकलन शिविरमा कुश्मा नगरपालिका वडा नंं १२ ठुलिपोखरी १३ खौलालाकुरी र १४ आर्थर डाडा खर्कका विभन्न धार्मिक पुरातात्यीक पर्यटकिय स्थलहरु तथा ग्रामिण घरवास सेवाको अवलकोन संगै समग्र सञ्चारकर्मीहरुलाइ प्रचार प्रसारमा सहभागी गराउने उद्देश्य राखिएकोे नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।
१ गतेवाट शुरु गरिने शिविरमा पहिलो दिनमा डाँडाखर्कमा रहेको पुरातात्विक गुम्बा र स्थानीय समुदाय सँग भेटघाट , होमस्टे सञ्चालकसँग भेटघाट तथा अन्य विकास निमाण र समाजमा पारेको प्रभावको वारेमा जानकारी लिने तेसै गरि पत्रकार र स्थानिय विच अन्तरक्रिया गरिने र दोस्रो दिन कुश्मा १३ खौलालाँकुरी हुँदै खौला भुमेकोटको खबर संकलन र कुश्मा १२ ठूलिपोखरीको बाटुलेचौर मन्दिरमा खबर संकलन शिविर गरि अन्त्य गरिने महासंघले जनाएको छ ।
पत्रकार महासंघ पर्वतले जिल्लाका विभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरुको प्रवद्र्धनका खवर संकलन शिविर सञ्चालन गर्न लागेको हो ।
पहिलो चरणमा कुश्मा नगरपालिका वाट शुरु गरिएको यो अभियान अन्तर्गत पर्वतका सवै पालिकामा पुगेर खवर संकलन गरिने महासंघका अध्यक्ष शन्तोष थापाले जानकारी दिनुभएको छ । खवर संकलल शिवरले समाजको वास्ताविकता वाहिर आउने साथै पर्वतको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अनुमान गरिएको छ ।
आइतवार, भदौ ३०, २०८१
Sunday, September 15, 2024