पर्वत
मोदी गाउँपालिका ४ मा रहेको लेस्पार कृषी सहकारी संस्थाको वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण विहिवार सम्पन्न भएको छ ।
सहकारीले १ वर्षमा सम्पन्न गरेका कामहरुको समिक्षा गर्दै आगमी वर्षका लागि समेत नया योजना निर्माण गरेको छ । सहकारी संस्थाको साधारण सभालाई उदघाट्न गदै मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले सहकारी मार्फत संचालित कार्यक्रमहरु वाट स्थानिय स्तरमा स्वरोजगार गर्न सहयोग पुगेको र सहकारी संचालन भए पछि उक्त क्षेत्रमा उद्यमीहरुको संख्या वढ्दै गएको वताउदै मोदी गाउँपालिका वाट समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तेसै गरि सहकारी संस्थालई निरन्तर सहयोग गर्दै आएको गुड नेवर्स इन्टरनेशलन नेपाल ,सोडेक नेपाल र नवचेतना सामुदायिक विकास केन्द्रलाई समेत उहाले धन्यवाद व्यक्त गनूभयो ।
कार्यक्रममा वोल्दै सोडेक नेपालका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाले संस्थाले विगत देखी सहकारी संस्थाको दिगोपनाका लागि निरन्तर सहयोग गर्दै आएको तथा सहकारी संस्थाका शेयर सदस्यहरुको आम्दानी वृद्धि गर्नका लागि गुड नेवर्स इन्टरनेशलनको सहयोगमा संचालिन परियोनजना वाट करिव २४ लाख घुम्तीकोष रकम सहयोग गरेको तथा सहकारी संस्थाको भवन निर्माणमा गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नवचेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपालदास पौडेल सोडेक नेपालका सहकारी व्यवसाय विकास अधिकृत रमेश प्रसाद रिजाल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मोदी ४ का ४ वटा वस्ती खुइजेरी, क्याङ लेस्पार र हलहले क्षेत्रलाई समेटर संचालन भएको सहकारीमा कुल ३०३ जना शेयर सदस्यहरु रहेका छन् भने सहकारीको कुल शेयर पुजी ११ लाख ९० हजार रहेको र हालसम्मको वचत रकम करिव ३७ लाख रहेको सहकारीका व्यवस्थापक हिरामती विकल जानकारी दिनुभयो ।

यस वर्ष मात्र सहकारी संस्थाले ७८ जना उद्यमीहरुलाई व्यवसाय संचालनमा सहयोग गरि व्यवसाय संचालन गरेको छ । आगामी वर्ष स्थानिय स्तरमा उत्पादित वस्तुहरुको वजारीकरण्मा मुख्य कार्यक्रम संचालन गर्ने गरि योजना वनाएको सहकारी संस्थाका अध्यक्ष नरसिङ्ग पुनले जानकारी दिनु भयो ।
हाल सहकारीमा सामुहिक आलु खेती , वाख्रा पालन कुखुरा पालन अल्लोकोवाट उत्पादित कपडाहरुको वजाीकरणका कार्यक्रमहरु संचालन हुदै आएका छन् ।
साधारण सभा संगै सस्थाले सञचालन गरेको परियोजनाको सामाजिक लेखा परिक्षण समेत सम्पन गरि सार्वजनिक गरिएको छ । सामाजिक लेखा परिक्षण शिव प्रसाद शर्माले सम्पन्न गरि प्रस्तुत गनूभएको थियो ।
पछिल्लो समय सहकारी संस्थाले संचालन गरेका कार्यक्रहरु वाट स्थानीय समुदायमा उद्यमीहरुको संख्या वृद्धि हुदै गएको तथा सहकारी संस्था वाट लगेको ऋण रकम वाट स साना व्यवसाय संचालन गरि ऋण रकमको सही सदुपयोग हुन थालेको रिपोटमा उल्लेख छ ।
सहकारी संस्थाका अध्याक्ष नरसिङ्ग पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष ज्ञाम व. पुनले स्वागत मन्तव्य राख्नु भएको थिो भने कार्यक्रमको संचालन लेखा समितिका संयोजक चन्द्र विकले गनूभएको थियो ।








