निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कुस्माका सार्बजनिक स्थलहरुमा स्वयंसेबक बिद्यार्थीको सरसफाइ अभियान


पर्वत/
स्वास्थ्य कार्यालय पर्बत र कुस्मा नगरपालीकाको संयुक्त पहलमा, जनस्वास्थ्य स्नातकतहमा अध्ययनरत बिद्यार्थी साथै नारायण माबिका स्वयंसेबक बिद्यार्थीको सहभागीतामा कुस्मा नगरपालीका भित्र रहेका सार्बजनिक स्थलहरुमा छरिएर रहेका फोहोरलाई संकलन गर्ने र बर्गीकरण गरि नगरपालीकाको फोहर संकलन ट्रक मार्फत बिषर्जन गर्ने कार्यको थालनी गरिएकोछ।
वडानं५र६का जनप्रतिनिधी वडाअध्यक्ष रामहरी शर्मार ईश्वरगिरिज्युको संयुक्त उपस्थितीमा स्वास्थ्य कार्यालय पर्बतको प्रांगणमा शुभारम्भगरि आजको कार्यक्षेत्रवडानं। ५ वडगाउं सरकारी कार्यालय क्षेत्र र अस्पताल चोकबाट मेलमिलाप चोकसम्मको सरसफाईको कार्यसम्पन्न भएको थियो।

उक्त कार्यक्रममा सरसफाईमा संग्लग्न बिद्यार्थीहरुलाई सुरक्षासामाग्री , गमबुट, मास्क र पन्जा स्वास्थ्य कार्यालयका तर्फबाट उपलब्ध गराईएको थियो भने बिद्यार्थीलाई खाजाबापत सानो प्रोत्साहन रकम ग्राण्डीईन्टरनेसनल स्कुलका जनस्वास्थ्यका बिद्यार्थीहरुका तर्फबाट उपलब्ध गराईएको थियो।
कार्यक्रममा कुस्मानगरपालीकाका निप्रमुख डिलकुमारीशर्मा,स्वास्थ्य शाखामा कार्यरत दुर्गाशर्मा स्वास्थ्य कार्यालय प्रमुख सन्तोष पौडेल, पत्रकार महासंघ पर्बतका अध्यक्ष सन्तोष थापा र जनस्वास्थ्यका १५जना र नारायण माबिका १४ जनाबिद्यार्थीको सहाभागीता रहेकोथियो।बिहान८३०बजेवाट शुरुभएको सफाईअभियान ११बजे समापन भएकोथियो।
युवा बिद्यार्थीहरुको सामाजिक उत्तरदायीत्व बढाउने, साबजनिक स्थलको फोहोर संकलन र बर्गीकरण गर्नमा नगरपालीकालाई सहयोग गर्ने, संकलीत पुन प्रयोग हुनसक्ने फोहोरको ब्यास्थापन गर्ने, प्रत्यक घर र टोलमा फोहोरको प्रारम्भीक ब्यबस्थापनका लागी जनचेतना बढाउने र परामर्श गर्ने लक्ष लिएर अभियान अगाडी वढाएको यस अभियानका कार्यक्रम संयोजक स्वास्थ्य कार्यालय पर्बतका निप्रमुख सन्तोष पौडेलले बताउनुभयो।

सार्बजनिक बिदाका दिन स्वयंसेवाका लागी तयार भएका , बिद्यालय बाट स्विकृतलिई परियोजनामा काम गर्ने स्वेच्छीक लिखीत प्रति बद्यता ब्यक्तगरेका बिद्यार्थीहरुलाई यस कार्यक्रममा निरन्तर सहभागी गराउने पौडेलले बताउनुभयो।

कार्यक्रम निरन्तरताका लागी नगरपालीका तथा नगरको फोहोर ब्यबस्थापनको जिम्मापाएको संस्थाका प्रमुख संग समेत कुराकानी भईरहेको जानकारी समेत गराए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img