निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा अन्तिम चरणको हात्तिपाइले रोग बिरुद्धको औसधि खुवाइने

पर्वतमा यसवर्ष अन्तिम चरणमा हात्तिपाइले रोग बिरुद्धको आम औसधि खुवाइने भएको छ । गतवर्ष १३ औं चरणमा खुवाइएको र यो वर्ष १४ औं चरणमा खुवाएर औसधि खुवाउने अभियान थालिएको हो ।

हात्तिपाइले रोग निवारणको सन्दर्भमा आज कुश्मामा आयोजित जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा यसबारेमा जानकारी गराइएको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोस पौडेलले यसवर्ष अन्तिम चरणमा औसधि खुवाउन थालिएको जानकारी दिनुभयो । फागुन ११ गतेदेखि औसधि खुवाउने अभियान सन्चालन गरिने पौडेलले बताउनुभयो ।

हात्तिपाइले अभियानका फोकल पर्सन तेजप्रसाद सुबेदीका अनुसार पर्वतमा हात्तिपाइले रोगको पुर्व परिक्षणमा ० दशमलव ४ प्रतिशत जनसंख्या मा हात्तिपाइलेको जीवाणु देखिएको हुनाले यसवर्ष अन्तिम चरणमा आम औसधि खुवाउन लागिएको हो ।

गत मंसिरमा जिल्लाको बढी जोखिम रहेको कुश्मा नगरपालिका १ पाङमा ३२० जनाको रगत परिक्षण गरिएकोमा १ जनामा हात्तिपाइलेको जिवाणु भेटिएको र बिहादी गाउँपालिका २ बराचौरमा ३१९ जनाको परिक्षण गरिएकोमा १ जनामा जीवाणु भेटिएको सुबेदीले जानकारी दिनुभयो । गतवर्ष फलेवास नगरपालिका ५ खानीगाउँ पुर्व परिक्षणमा सफल भएको थियो हात्तिपाइलेको जीवाणु १ प्रतिशत भन्दा कम जनसंख्यामा देखिएमा रोग निवारण भएको मानिन्छ ।

पर्वतमा ०.४ प्रतिशत संक्रमण भएको हुनाले औषधि खुवाउने अभियान सफल भएको स्वास्थ्य कार्यालयको दाबी छ । हात्तिपाइले रोग बिरुद्धको औषधि कुल जनसंख्या १ लाख ३२ हजार मध्ये गर्भवती, ७ दिनको सुत्केरी, जटिल बिरामी र २ वर्षमुनीका बालबालिका बाहेक सबैलाई खुवाइने भएको छ । पर्वतमा २०६४ सालदेखी हात्तिपाइले रोग विरुद्धको औसधि खुवाउन थालिएको हो ।

जिल्लामा अहिले सम्म तीन पटक पुर्व परिक्षण भैसकेको छ । जिल्ला स्तरीय समीक्षा कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख एबम जिल्ला स्वास्थ्य समितिका संयोजक बिस्णुराम बिकको अध्यक्षता, हात्तिपाइले अभियानका फोकल पर्सन तेजप्रसाद सुबेदिको सन्चालनमा सम्पन्न भयो । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गङगाधर तिवारी, प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, मोदि गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसाल, कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, पैयु गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना लगायत सहभागी भएर सुझाव राख्नुभयो ।

यस्तै पर्वत अस्पतालका प्रमुख डा. रुक्मिणी अधिकारी सहित स्थानीय तहका प्रमुख प्रसासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरु तथा पत्रकारहरुको सहभागिता थियो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेल, स्वास्थ्य सेवा बिभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला, भेक्टर कन्ट्रोल निरिक्षक उत्तम प्याकुरेल, स्वास्थ्य निर्देशनालय पोखराका हात्तिपाइले रोग फोकल पर्सन सुशिला कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

विभिन्न धार्मिक मान्यता र अन्धविस्वासका कारण औसधि खाने दर कम रहेको हुनाले कुनै भ्रममा नपरी औषधि खाने र खुवाउने अभियान चलाउन उहाँ हरुले अनुरोध गर्नुभयो । साथै हात्तिपाइले रोगको नकरात्मक प्रभावको बारेमा पनि प्रकाश पारिएको थियो । सहभागिले अभियानलाई आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img