निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, मंसिर २३, २०८१
Sunday, December 8, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा अनेमसंघद्धारा फलेवासमा प्रशिक्षण कार्यक्रम सम्पन्न

२४ फाल्गुण पर्वत/

अखिल नेपाल महिला संघ फलेवास नगर कमिटीद्धारा अन्तराष्ट्रिय महिला दिवशको अवसरमा फलेवास नगरपालिकाका महिला दिदिवहिनीहरु विच अन्तक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
अनेमसंघका पदाधिकारी, सदस्य, महिला जनप्रतिनिधि, पार्टीका पदाधिकारीहरुको विचमा अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम आयोजना गरी अन्तराष्ट्रिय नारा “लैङ्गकि समानताको लागी बलियो आधार ः सृजनात्मक प्रबिधिमा महिलाको पहुँचको बिस्तार,, र अनेम संघको नाराः “समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागीताका लागि सुदृढ संगठन,, विषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
फलेवास नगरपालिका वडा नं. ५ को वडा कार्यालयको हलमा सम्पन्न कार्यक्रम प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य एवं मिसन ग्रासरुट अभियानका केन्द्रिय प्रतिनिधि सावित्रा रानाले राजनैतिक परिवर्तन जस्तै सामाजिक परिवर्तनको लागि पनि विभिन्न समयमा आन्दोलन गर्नु परेको, अग्रज महिलाहरुद्धारा महिला मुक्तिका लागि कठिन संघर्ष गरी अहिलेको उपलव्धी हाँसिल भएको वताउनु भयो ।
उहाले प्राप्त उपलव्धीलाई आधार वनाई सो को रक्षा गर्दै आगामी दिनमा थप संर्घषका कार्यक्रम गर्नु पर्ने, आर्थिक, सामाजिक एवं सांस्कृतिक परिवर्तनले मात्र लैंगिक समानता ल्याउन सकिने, अनेमसंघले महिलाहरुको क्षमता विकास, रोजगारी, उद्यम विकास र शसक्तिकरणको क्षेत्र पहल कदमी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
राज्यको नीति, कार्यक्रम लैंगिकमैत्री ल्याउनका लागि महिलाहरु राजनीतिमा लाग्नु पर्ने, लैंगिक समानताका लागि काम गर्ने एक मात्र संगठन अनेम संघ भएको हुंदा महिला दिदिवहिनीहरु गोलवन्द हुन पर्ने कार्यक्रमका सहभागीहरले वताए ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी उपसचिव मञ्जु अधिकारी, जिल्ला अध्यक्ष राजु पौडेल, प्रशिक्षणको क्रममा जिल्ला उपाध्यक्ष एवं संस्थापक मेयर पदमपाणी शर्मा, नेकपा एमालेका जिल्ला सचिव गोविन्द पहाडी, नगर अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले “लैङ्गकि समानताको लागी बलियो आधार ः सृजनात्मक प्रबिधिमा महिलाको पहुँचको बिस्तार,, विषयमा भनाई तथा सहजीकरण गर्नु भएको थियो ।
अनेम संघ नगर कमिटी अध्यक्ष रमा भुसालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नगर सचिव अनुपा पौडेल, स्वागत मन्तव्य नगर उपसचिव सृजना वराइलीले गर्नु भएको थियो । कार्यक्रममा ११ वटै वडाका अनेमसंघका पदाधिकारी, नेकपा एमालेका नेता तथा कार्यकर्ता गरी ७० जनाको उपस्थिती रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img