निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा

चैत्र १२ पर्वत

पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी रुपमा संचालन हुन सकेको छैन । विगत वर्ष देखी पर्वतका १३ वटा स्वस्थ्य संस्थावाट सेवा प्रदान गर्नेगरि कार्याक्रम अगाडी वढाइएपनि लामो समय पुग्दा समेत उपलब्धी प्राप्तीमा समस्या देखीएको छ ।

विभिन्न समस्यमा परेका किशोर–किशोरीहरुलाई स्वस्थ्य सेवा परामर्श मार्फत समधान गर्नका लागि यो कार्यक्रम संचालन गरेपनि दक्ष जनशक्ति, उचित व्यवस्थापन ,गोपनियता र सुचना संचारको अभावले कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन हुन नसकेको हो ।

पछिल्लो समय किशोर–किशोरीहरुमा मानसिक समस्य, लागुऔषध दुव्र्यसनि, सडक दुर्घटना, आत्महत्यकोसमस्यहरु वढ्दै जादा समाजमा विभिन्न घटानाहरु घट्दैगएका छ्न । स्वास्थ्य संस्थाहरु र विद्यालयको विच आवश्यक समन्वय र सहकार्य नहुदा पनि किशोर–किशोरीहरुमा यस्ता समस्यहरु वढ्दै गएको स्वस्थ्य कार्यालय पर्वतका नि कार्यालय प्रमुख सन्तोश पौडेलले जानकारी दिनु भयो ।

स्वस्थ्य कार्यालय पर्वतले आयोजना गरेको किशोर–किशोरी मैत्री स्वस्थ्य सेवा समिक्षा कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णूराम विकले किशोर–किशोरी मैत्री स्वस्थ्य सेवा कार्यक्रम गाउँ तह सम्म पुर्याउनु पर्ने तथा विषेश गरि विद्यालयमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । सेवा दिदा गोपनियता र विश्वसनियताको अभावमा पनि कार्यक्रम प्रभावकारी हुन नसकेको वताउदै सेवा प्रदान गर्दा संवेदनशिल हुनपर्नेमा जोड दिनु भयो । उहाले आगामी दिनमा कार्यक्रम संचालन गर्दा आफुले सक्दो सहयोग पुर्याउने पनि वताउनु भयो ।

पछिल्लो समय किशोर–किशोरीहरुमा लागुऔषध दुव्र्यसनि, सडक दुर्घटना, आत्महत्यको समस्य साथै,मानसिक समस्यहरु वढ्दै जादा समाजमा विभिन्न घटानाहरु घट्दैगएका छ्न ।
देश भर करिव ५१ लाख किशोर–किशोरीहरु भएपनी नेपाल सरकार वाट किशोर–किशोरी मैत्री स्वस्थ्य सेवाप्रभाकारी रुपमा संचाालन नुहदा घटनाक्रम वढ्दै गएको हो ।

उचित समयमा परामर्श भएमा खतरावाट मुक्तहुन सक्ने परामर्शताहरुको भनाइ रहेको छ । पर्वतमा हाल १० देखी १९ वर्ष सम्मका करिव २१ हजार किशोर–किशोरीहरु रहेको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्यांक अनुसार यस आ.वमा २० वर्ष मुनिका ८ जनाले आत्महत्या गरेका छन् भने २ जना लागुऔषधमा पक्राउ परेका छ्न ।

तेस्तै पर्वत अस्पतालको तथ्यांक हेर्दा २० वर्ष मुनीका २६ जना किशोरीहरुले गर्भपतन सेवा लिएका छन् । किशोरीहरुलाई घरपरिवार वाट समयमानै उचित परामर्श सेवा सेवा दिन सकेमा पनि केही समस्यहरु घट्न सक्ने स्वास्थ्य कार्यालयको भनाई रहेको छ ।
किशोर–किशोरीको भविष्य संग जोडिएको स्वस्थ्य सेवामा अन्य संघसंस्थाहरुको भूमिका समेत न्यून रहेको पाईएको छ । विभिन्न संघ संस्थाहरुले यो कार्यक्रमलाई प्रभावकारी गराउन पहल गरेमा किशोर–किशोरीहरुमा देखीने समस्यहरु तथा हुन सक्ने घटनाहरु न्युनिकरणहुने देखिन्छ ।

कार्यक्रमलाई कसरी स्थानिय स्तरमा प्रभावकारी गराउन सकिन्छ भनेर समिक्षा छलफलमा जुटेको स्वस्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाइजर निरिक्षक नारायण प्रसाद रेग्मीले जानकारी दिनुभयो । कार्यक्रममा पर्वतका सवै पालिकाका स्वस्थ्य प्रमुख, किशोर–किशोरी मैत्री स्वस्थ्य कार्यक्रम संचालन गर्ने संस्थाका प्रमुख तथा किशोर–किशोरीहरुको सहभागिता रहेको छ ।

स्वास्थ्य कार्यालय पर्वतका नि प्रमुख शन्तोष पौडेलको अध्यक्षतामा संचालन भएको २ दिने समिक्षा तथा अभिमुखीकरण कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाइजर निरिक्षक नारायण प्रसाद रेग्मीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img