निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, जेष्ठ १५, २०८१
Tuesday, May 28, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेकोन, युएसले कनेक्टिकट चौतारी विमोचनको गर्दै मनायो २५६७ औं बुद्ध जयन्ती


मे १५, २०२३ कनेक्टिकट, अमेरिका/

कनेक्टिकट नेपाली समाज नेकोन, युएसले २५६७ औं बुद्ध जयन्ती मनाउँदै संस्थाको वार्षिक मुखपत्र कनेक्टिकट चौतारीको विमोचन गरेको छ । स्थानीय वल्लाभधाम मन्दिरमा भएको उक्त कार्यक्रमलाई दुई चरणमा विभाजन गरि सम्पन्न गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा मुखपत्रको विमोचन र दोश्रो चरणमा बुद्ध जयन्ति राखिएको थियो । पहिलो चरणको कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रमको संचालक सुभाष बुढाथोकीले गर्नुभएको थियो कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार र अन्य अतिथिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपाल अधिकारीले संस्थाको तर्फबाट सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा लामा धर्म गुरु गेलु शेर्पा, ज्येष्ठ उमेरका समुदायका सदस्य, प्रमुख सल्लाहकार नरेन्द्र रञ्‍जित, संस्थाका अध्यक्ष सन्तोष लम्साल र कुमारी कन्याको हातबाट नेकोनको वार्षिक मुखपत्र कनेक्टिकट चौतारी २०२३ को विमोचन गरिएको थियो । मुखपत्रको विमोचन पश्चात यसका प्रधान सम्पादक धन लामाले यो संस्करणको विशेषता, आवरण चित्रको रहश्य विविध प्राविधिक र व्यवहारिक पक्षहरुको बारेमा प्रकाश पार्नु भएको थियो । पूनस् तेश्रो पटक प्रधान सम्पादकको जिम्मेवारी दिईएकोमा कनेक्टिकट नेपाली समाज नेकोन, युएसए लाई धन्यवाद दिंदै, रचनाका लेखक तथा कविहरु, डिजाईनर र विज्ञापनदाताहरु प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

संस्थाको आजीवन सदस्य तथा सदैव शुभ(चिन्तक रमेश केसीले मुखपत्र प्रकाशनको ईतिहाँस, विकास, यसको सामाजिक(साँस्कृतिक र शैक्षनिक महत्व र प्राविधिक पक्ष र भविष्यका चुनौतिहरु र अवसरहरुको विषयमा प्रकाश पार्नु भएको थियो । सम्पादक मण्डलका सदस्यहरुलाई सधन्यवाद पत्र वितरण पछि कार्यक्रम दोश्रो चरणमा प्रवेश गरेको थियो ।

दोश्रो चरणको कार्यक्रम अन्तर्गत लामा धर्मगुरु गेलु शेर्पाले बुद्धको प्रतिमामा पूजा अर्चना र करिव १५ मिनेको मंत्रोचारण पश्चात सम्पूर्ण सहभागीहरुले गौतम बुद्धको प्रतिमामा अक्षता र फूल चढाउनु भएको थियो। शान्तिका अग्रदूत गौतम बुद्धको जीवनी, मानव जीवनमा दुस्ख मुक्तिको निम्ति बुद्ध शिक्षाको महत्व, आचारण र आवलाम्वनको विषयमा लामा धर्म गुरुको प्रवचन पछि कनेक्टिकट समाजका विशिष्ट व्यक्तित्वहरु डा। गान्धी भट्टराई, एड्रिएन माइकल पाउल्सेन, रामचन्द्र श्रेष्ठ लगाएतले विश्व शान्ति र सौहार्दताको लागि बुद्ध शिक्षाको महत्वको विषयमा संक्षिप्त मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको दोश्रो चरणको सन्चालक कवि तथा गीतकार धन लामाले “झरनाको पानी जस्तै स्वच्छ सफा शुद्ध बन, असत्यले ढाक्यो जगत अब तिमी बुद्ध बन” शिर्षकको कविता वाचन गरे पश्चात कार्यक्रमका सभापति तथा सस्थाका अध्यक्ष सन्तोष लम्सालले कार्यक्रम समाप्त भएको घोषणा गर्नु भयो । कार्यक्रमको मध्यान्तरमा सम्पूर्ण सहभागीहरूलाई प्रसाद स्वरूप भेजिटेरियन नास्ता प्रदान गरिएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img