पर्वत- प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको १८ औँ साधारण सभा सम्पन्न भएको छ । शाखाका सचिब दिपेश वि पोखरेलको सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पास गर्दै साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज कल्पना चापागाईले मुलुकमा देखिएको विसंगति, विकृति र अराजकताका बिरुद्ध पत्रकाहरुले शसक्त रुपमा कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले राष्टको चौथो अंगको रुपमा रहेको पत्रकारिताले समाज परिवर्तनका लागि ठुलो भूमिका निर्वाह गर्दै आएको बताउँदै पेशागत मुद्धाका आधारमा एकजुट भएर अघि बढ्न सुझाव दिनुभएको छ ।
प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले वर्तमान सत्ता गठवन्धन आम संचार माद्यामहरुको विरुद्धमा एक पछि अर्को निणर्य गर्दैै गएको वताउँदै यसको शसक्त प्रतिकार गर्नुपर्ने बताउनुभयो । लामो समयदेखि वितरण गर्दै आएको लोक कल्याणकारी विज्ञापनको रकम कटौती गर्ने, संघ संगठनहरुले राखेका मागहरुप्रति वेवास्ता गर्ने लगायतका काम गरेको बताउँदै सवै मिडियाकर्र्मीहरु एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेल, प्रेस चौतारी नेपालका सचिब सुष्मा पौडेल, पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, केन्द्रीय सदस्य गणेश पौडेल, केन्द्रीय सदस्य गणेश गिरी, गण्डकी प्रदेशका महासचिब आश गुरुङ, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा चौतारी म्याग्दीका अध्यक्ष प्रताप बाँनीया, प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी, प्रेस सेण्टरका प्रदेश सदस्य प्रनिश गिरी, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष लक्ष्मण विश्वकर्मा, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रममा संचालन सचिब दिपेश वि पोखरेल र धन्यवाद तथा समापन उपाध्यक्ष शान्ति शर्माले गर्नुभएको थियो । साधारणसभावाट संगठन सुदृढिकरण, संस्थाको आर्थिक बृद्धि लगायत पत्रकारहरुको क्षमता अभिबृद्धि तथा पार्टीका गतिविधिहरुलाई उजागर गर्नका लागि विभिन्न रचनात्मक काम गर्ने कार्ययोजना समेत बनाईएको छ ।








