निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु , १८ जनाको नदीबाट उद्धार

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ ।

हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो ।
काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको धौलागिरी गण्डकी यातायात सेवा प्रा।लि बाट सञ्चालित म्याग्दी कोरलाको ९९५२ नम्बरको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

बसमा २२ जना यात्रु सहित १ चालक र १ सहचालक सवार थिए ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो


जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img