निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

आईएमई लाईफ इन्स्यारेन्स कम्पनीका एजेन्सी लिडरहरूलाई व्यावसायिक योजना तालिम सम्पन्न

९ भाद्र पोखरा /
आईएमई लाईफ इन्स्यारेन्स कम्पनीका एजेन्सी लिडरहरूका लागि सुक्रवार व्यावसायिक योजना तालिम सम्पन्न भएको छ । कम्पनीले गण्डकी प्रदेश अन्तर्गतका एजेन्सी लिडरहरू लाई व्यवसाय प्रवद्र्धनका लागि तालिम प्रदान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न शाखाबाट २१ जनाको सहभागी रहेको एरिया प्रमुख कृष्ण पौडेलले जानाकारी दिए ।
कार्यक्रममा सहभागी एजेन्सी लिडर्सहरूलाई आगामी ५ वर्षसम्मको लक्ष्य निर्धारण तथा व्यावसायिक योजनाका सम्वन्धमा छलफल गरिएको थियो । जसको सहजीकरण गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलले गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले ५ वर्षसम्मको लक्ष्य निर्धारण तथा व्यावसायिक योजनाका सम्वन्धमा छलफल गरि आफ्ना विचारहरूलाई सक्रियपूर्वक प्रस्तुत गरेका थिए ।


तालिम पश्चात् यस प्रकारका कार्यक्रमले सहभागीमा सकरात्मक उर्जा थपेको र वीमा व्यावसाय गर्न उत्साहित भएको एक सहभागी नादे लामाले वताए ।
कार्यक्रममा ऐजेन्ससी लिडर तिलकशाली सापकोटाद्वारा वीमा व्यावसायमा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने पेशा भएकाले टीम परिचालनमा लिडर्सको भूमिका महत्वपूर्ण हुने मत व्यक्त गरे ।
तेसै गरि तालिममा सहभागी एजेन्सी लिडर बावुराम पुरीले समुदाय स्तरमा वीमासम्वन्धी सचेतना कार्यक्रमलाई सबै मिलेर महत्वका साथ सञ्चालन गर्नुपर्ने विचार राखेका थिए ।

गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलको सहजीकरण रहेको कार्यक्रममा पोखरा शाखाका शाखा प्रमुख युदिप परियारको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रमको सञ्चालन एरिया शाखा प्रमुख कृष्ण पौडेलले गरेका थिए ।


कार्यक्रममा संघीय संसद देवेन्द्र पौडेलले विमाको वारेमा समाजमा जनचेताना गराउनु पर्ने धारण राख्दै सहभागीहरूलाई सक्रिय रुपमा काम गर्न र समाजमा लिडर्सको भूमिका निर्वाह गर्न जोड दिदै कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img