निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

लोक दोहोरी प्रतिष्ठान पर्वतद्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न

पर्वत– राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतले शनिबार कुश्मामा आयोजना गरेको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

गरिब, विपन्न र असहायको सहयोगार्थ संचालित उक्त कार्यक्रममा दर्जनौं कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा दर्शकहरूले चर्चित कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुतिमा नाच्दै–गाउदै मनोरञ्जन लिएका थिए ।
पछिल्लो समयका चर्चित र्‍यापर शुदिप भण्डारी जि–बबसंगै एक दर्जन बढी लोक तथा दोहारी गायक गायिका र रिडम म्युजिक ग्रुप लगायत सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।

गरिब, असहाय, दीर्घरोगी तथा प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोगको लागि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष पुर्जा कार्की शर्माले बताउँनुभयो । कार्कीले आफ्नो संस्था लोक तथा दोहोरी गितको संरक्षण गर्ने भएता पनि फरक विधाका कलाकारलाई समेत समेटेर कार्यक्रम गरिएको बताउँनुभयो । उहाँले भन्नुभयो, ‘हामी सधै लोक दोहोरीकै संरक्षणमा लाग्छौ तर यो कार्यक्रम भने निस्वार्थ भावनाले दिन दुखीको सेवाका लागि राखिएकाले हामीले जति सक्दो दर्शक भित्र्याउँनु थियो, त्यसैले पनि दर्शकको रुचि अनुसार फरक विधाका कलाकारलाई आमन्त्रण गर्यौ ।’ यस सांगीतिक कार्यक्रमले कुश्माका दर्शकलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहेका सबैसँग फेसबुक लाइभमार्फत जोडिएर खुसी साटा साट गर्न सफल भएको कार्कीले बताउँनुभयो ।

सधै फरक ड्रेसमा देखिने जि–बबले कार्यक्रममा राष्ट्रिय पोशाकमा प्रस्तुति दिएका थिए । कार्यक्रममा पर्वतसंगै बाग्लुङ, बेनीका झण्डै ५ सय भन्दा बढि दर्शकहरुको उत्साह पुर्ण उपस्थिति रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोष सुवेदी र सञ्चालन सचिव सुमन केसी र संचारकर्मी अर्जुन थापाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img