निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवास नगरपालिकाको नगरसभा सम्पन्न ,आर्थिक वर्ष २०८०/०८१ को बजेट ६८ करोड २५ लाख ११ हजार सार्वजनिक,

पर्वत/ पर्वतको फलेवास नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८०र०८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ।
नगरपालिकामा जनप्रतिनिधिहरूबीच विवाद हुँदा संविधानले तोकेको मितिभन्दा २ महिनापछि मात्र नगरसभा सम्पन्न भएको हो।
आर्थिक वर्ष २०८०र८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सीमा असार १० गते तोकिए पनि केही मुद्दाहरूमा सहमति हुन नसकेका कारण निश्चित समयभन्दा ढिला नगरसभा गरिएको हो।
नगरसभामा नगर प्रमुख गंगाधर तिवारीले चालु वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्षमा नयाँ र समृद्ध नगरउन्मुख कार्यक्रमहरू ल्याएको बताउनुभयो । त्यस्तै नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले आर्थिक बर्ष २०८०र०८१ को लागि ६८ करोड २५ लाख ११ हजार ८ सय १० रुपैंया बराबरको बजेट सार्वजनिक गर्नुभएको छ ।
जंगलमा फलफूल रोप्नेदेखि बाझो जमिनमा आयमूलक उत्पादनमा प्रोत्साहन गर्ने, कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रम साथै घर घरमा टनेल कार्यक्रम सञ्चालन गर्ने,पशु बिमालाई प्रोत्साहन गर्ने तथा पशु सुत्केरी कार्यक्रम अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। वैदेशिक रोजगारबाट फर्केका युवालाई पशु तथा कृषि फर्म सञ्चालन गर्न प्रोत्साहन गर्ने, परम्परागत पेशा गर्नेलाई बिद्युत महशुलमा सौलियत प्रदान गर्ने कार्यक्रम नगरले अगाडी बढाउने भएको छ।

यस्तै शिक्षामा आफ्नै पाठ्यक्रम तयार भएको र छिट्टै लागू गर्ने तयारी भएको नीति तथा कार्यक्रममा तिवारीले उल्लेख गर्नुभएको छ। एक शिक्षक एक ल्यापटप कार्यक्रम अगाडी बढाउने कुरा उल्लेख गरिएको छ। मानसिक रोगको निःशुल्क उपचार गरिने तथा कडा रोगीको उपचारको सहयोगका लागि छुट्टै कोषको स्थापना गरिने, खेलकुद र पर्यटनको प्रवर्द्धन गर्ने, आगामी २०८३ सालमा बालमैत्री स्थानीय तह घोषणा गर्ने, न्याय सचेतना कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ। नगर प्रमुख तिवारीले सडक मापदण्ड आवश्यकता अनुसार परिमार्जन गराउने नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।
संस्थागत विकास र सेवा प्रवाहमा जोड, नगरका काम कारबाहीलाई पुर्ण रुपमा प्रविधिमैत्री बनाउदै नागरिकको सेवा प्रभाहमा प्रभावकारीता ल्याउने, दिगो पुर्वाधार निर्माण र सबै बस्तीमा सडक संजाल बिस्तार गर्दै नागरिकहरुको सहज पहुँच बिस्तार, आर्थिक तथा सामाजिक बिस्तार एवम् उद्यमशिलता र आयआर्जनका माध्यमबाट गरिबी न्यूनीकरणमा योगदान गर्ने बजेटका प्राथमिकता रहेका छन् । त्यस्तै सडक, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकासको क्षेत्रमा आवश्यक पुर्वाधार एवम् कार्यक्रमको संचालन, स्थानीय स्रोत साधन एवम् सीपको परिचालन र रोजगारी सृजना, लैंगिक समानता र सामाजिक समावेशीकरण तथा लक्षित क्षेत्रमा सेवा प्रवाह, कृषि क्षेत्रको आधुनिकीकरण, विविधीकरण, यान्त्रिकरण र व्यावसायिकीकरण लगायत बजेटको प्राथमिकतामा रहेको बताइएको छ ।क्षेत्रीले प्रस्तुत गरेको बजेटमा समग्र नगरको चौतर्फी विकासलाई मध्यनजर गरिएको उल्लेख छ।
नगर सभाबाट फलेवास नगरपालिकाको जलस्रोत विधेयक २०८०, आर्थिक विधेयक २०८०, फलेवास नगरपालिकाको शिक्षा ऐन २०७५ को संशोधन तथा नगर कार्यपालिकाको विनियोजन विधेयक समेत पारित भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img