निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

वेलायतमा आयोजित नेपाली मेलामा चार भन्ज्याङ तमु समाज पुरस्कृत


२८ अगष्ट ,लन्डन /
वेलायतमा आयोजित नेपाली मेलामा चार भन्ज्याङ तमु समाज पुरस्कृत भएको छ । हिजो २७ अगष्टमा तमुधि यूकेको आयोजनामा आयोजना भएको १४औ नेपाली मेलामा चार भन्ज्याङ तमु समाजले २०० पाउण्ड सहित सान्तन्व पुरस्कार प्राप्त गर्न सफल भएको समाजका अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिनुभयो ।


समाजका सास्कृतिक सचिव तथा झाकी संयोजक श्री प्रकाश गुरुङको संयोजकत्वमा प्रस्तुत गरिएको ऐतिहासिक पुर्खौउली झाकीमा समाजका करिव ७० जनाको सहभागिता रहेको थियो । समाजले पौरार्निक कालमा गाउ घरमा चोरि हुदा धनु लगाएर चोर् पत्त लगाउने विषयलाई नाटकिय रुपमा झाकी प्रस्तुत गरेको थियो ।
कार्यक्रममा चार भञ्ज्याङ तमु समाज यु के को परिचय तथा बिशेषता हरुको बारे समाजका महासचिव श्री अमर गुरुङ ज्युले जानकारी गराउनुभएको थियो ।


मेलामा स्वस्थ्य अस्वस्थको कारणले अनुपस्थिति हुन नसके पनि सान्तन्व पुरस्कार प्राप्त गर्न सफल भएकोमा आफु खुसी रहेको वताउदै समाजका अध्यक्ष वेन कुमार गुरुङले कार्यक्रममा सहभागीहुनुहुने सम्पूर्ण कार्यसमितिका पदाधिकरी , आमा प्रमुख तथा सम्पूर्ण आमाहरु लगाएत सवैलाइ धन्यावाद व्यक्त गर्नुभयो ।


चारभन्ज्याङ तमु समाज यूकेले वेलायतमा आयोजना हुने हरेक नेपाली मेलामा झांकी सहित आफ्नो छुट्टै प्रस्तुती राख्दै आएको छ ।
तमु धी यूकेका अध्यक्ष हरि गूरुङ तथा लन्डन स्थित नेपाली राजदुतावासको संयोजकत्वमा आयोजित मेलामा विभिन्न समाजले सांस्कृतिक झांकी प्रस्तुत गरेका थिए ।
चारभन्ज्याङ तमु समाज यूकेले पुरस्कार प्राप्ती गर्नूु भन्दा पनि ऐतिहासिक नेपाली मेलामा सहभागिता जनाउनु महत्वपुर्ण रहेको समाजका अध्यक्ष वेनकुमार गुरुङले वताउनु भयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img