निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

ग्रिनपिस वाल क्लवको आयोजनामा पर्वतको थापाठानामा तिज मेला सम्पन्न ।।


रामचन्द्र भुसाल ।।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर २ थापाठानाको मिहेलपोखरीमा तिज मेला सम्पन्न भएको छ । पर्वत ग्रिनपिस ईंग्लिस बोर्डिङ स्कुलको व्यपस्थापन र ग्रिन पिस वाल क्लवको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

क्लवले विविध साँस्कृतिक कार्यक्रमको साथमा विद्यालय स्तरीय तिज गितमा आधारित समुह नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । कार्यक्रममा फलेवास नगरपालिका भित्रका आधारभुत तहमा अध्ययन गर्ने विद्यार्थिहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो । पालिका भित्रका विद्यालयबाट ९ समुहले कार्यक्रममा भाग लिएका थिए ।

जस अन्र्तगत फलेवास मोडेल अंग्रेजी आवासिय माध्यमिक विद्यालय प्रथम, पर्वत ग्रिनपिस इङ्लिस बोर्डिङ स्कुल द्धितिय, भुमे आधारभुत विद्यालय तृतिय, र जनजाग्रित आधारभुत विद्यालयले सान्तवना स्थान हाँसिल गर्न सफल भएका छन् । कार्यक्रममा सहभागि भई उत्कृष्ट स्थान हासिल गर्ने समुहलाई नगद र प्रमाणपत्रद्धारा सम्मान गरीएको थियो ।

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु अर्जुन पन्त, सुस्मिता क्षेत्री, कृष्ण कँणेल, आयुषा गुरुङ, लोक थापा मगर, बाल कलाकार अर्पण परीयार, डान्सर सुक पून ले मनोरञ्जनपूर्ण सांगितिक प्रस्तुतिहरु राख्नुभएको थियो । र्काक्रममा बोल्दै फलेवास नगरपालिकाकि उपप्रमुख शोभाकुमारी क्षेत्रीले नेपाली हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिजले सम्पुर्ण महिला दिदिबहिनिहरुमा आत्मियता कायम गर्न सक्ने बताउनुभएको थियो ।

लामो समयसम्म भेट नभएका दिदिबहिनिहरु पनि तिजमा भेट हुने र संगै बसेर रमाईलो गरी दर खाने परम्परागत चलन एक प्रशंसनिय पर्व भएको बताउनुभयो । वालक्लवले आयोजना गरेको भव्य कार्यक्रमा आफु उपस्थित भएर रमाईलाका कार्यक्रमहरु हेर्न पाएकोेमा खुसि व्यक्त गर्दै क्षेत्रीले आगामि दिनमा क्लवको लागि उच्च प्रगतिको शुभकामना प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै बोर्डिङ स्कुलका प्रिन्सिपल विष्णु प्रसाद सुवेदिले कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नको निम्ति सहयोग गर्नुहुने सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, समजसेवी, शिक्षक ताथा विभिन्न संघ संस्थाका कर्मचारी र अभिभावक लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो ।

नेवारी समुदाय भएको थापाठानामा ऐतिहाँसिक संस्कृति झल्किने लाखे नाच पनि प्रदर्शन गरीएको थियो । वाल क्लवका अध्यक्ष प्रवेश थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रिन्सिपल विष्णु प्रसाद सुवेदिले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img