निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

छुवाछुतको आरोप लागेरका पोखरा २४ का वडाध्यक्षलाई ४ महिना कैदको फैसला ।

कास्की –  जातीय दुर्व्यवहारकाे आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला गरेको छ । फैसलामा ३ महिना कैद ५० हजार जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।

जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैस‍ला सुनाएको हो । अधिकारीले साढे ४ महिना कैद र ७५ हजार जरिबाना र १० हजार रुपैयाँ पीडित महिलालाई क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ । जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लागेर २०७९ माघ ९ गते १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुट्नुभएकाे थियाे ।

अधिकारीमाथि पोखरा वडा नम्बर २४ का वडा सदस्य मैया नेपालीले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लगाउनु भएकाे थियो । वडा सदस्य नेपालीले वडा अध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै ०७९ पुस २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराउनुभएकाे थियाे ।  

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img