२२ मंसिर पर्वत /
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठवन्धन सरकार चौतर्फि संकटमा पर्दै गएको वताउनुभएको छ ।
समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा विहिवार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले वर्तमान सरकारले जनताको माग अनुसारको काम गर्न नसकेको आरोप लगाउँदै गठवन्धन सरकार सत्ता ओगटेर मात्र वसेको बताउनुभएको हो ।
ओलीले गठवन्धन सरकार बनेपछि देशमा विकास निर्माणको कामले तिव्रता लिन नसकेको , संचालनमा रहेका उद्योग कलकारखाना बन्द गर्न थालेको आरोप लगाउदै अव देशको मुहार फेर्नका लागि एमालेको विकल्प नरहेको वताउनु भयो ।
उहाले पर्वत आइपुग्दा सम्म समृद्धिका लागि संकल्प यात्रामा हजारौ जनसहभागिता रहेकोमा खुसी व्यक्त गर्दै अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेकपाएमाले ले वैतडीको झुलाघाट पाँचथरको चिवाभञ्ज्याङ सम्म संचालन गरेको समृद्धिका लागि संकल्प यात्रा’ अभियान अन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम गर्दै चिवाभञ्ज्याङ समापन गर्ने कार्याक्रम रहेको छ ।