निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

रामचन्द्र भुसाल,

फलेवास, २०८० मंसिर ।

फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न भएको छ । शुक्रबारदेखि फलेवासको खानिगाउँमासुरु भएको तालिम शनिबार एक समारोहका विच सम्पन्न भएको हो । तालिममा खानिगाउँका ५५ जना भन्दा धेरै व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सके स्वदेशमै रोजगार, नसके सीप सहितको सुरक्षित रोजगार भन्ने नाराका साथ सम्पन्न तलिममा वैदेशिक रोजगारीका फाईदा तथा बेफाईदा, वैदेशिक रोजगारीमा जानुपुर्व थाहा पाउनुुपर्ने कुराहरु लगायतका विषयमा छलफल गरीएको थियो । रिड नेपाल, रिड ब्लोबल र आईरेक्स जस्ता संस्थाहरुको समन्वयमा भएको कार्यक्रमको मोति सामुदायिक पुस्तकालयले सहजिकरण गरीरहेको छ ।

कार्यक्रममा सहभागिहरुले वैदेशिक रोजगारीमा जाने क्रममा ठगिमा परेका, विदेश गएपश्चात सम्झौता पत्रमा भएअनुसारको कम गर्न नपाएका, समयमै तलब नपाएका, कम्पनिबाट शारिरीक तथा मानषिक यातना पाएका, अंगभंग भएका व्यक्तिहरुले कसरि सुरक्षित किसमले न्याय पाउन सक्छन भन्ने जस्ता पश्नहरु उठाएका थिए भने तालिममा उठेका प्रश्नहरुको पुस्तकालयका वरिष्ठ लाईब्रेरीयन ईन्द्र प्रशाद सापकोटाले सहजिकरण गर्दै डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि आवश्यक कुराहरुको बारेमा पृष्ठपोषण प्रदान गर्नुभएको थियो ।

तलिममा ट्याग संयोजक रमा भुसालले पनी आवश्यक विषयवस्तुहरु समाहित गरी प्रशिक्षण गर्नुभएको थियो । तालिम प्रदान गर्दै सापकोटाले आफ्नो पुस्तकालयमा दियो कर्नर रहेको कुरा अवगत गराउँदै वैदेशिक रोजगारीसम्बन्धि कुनै समस्या आएमा तुरुन्तै कर्नरमा सक्पर्क गर्न आग्रह गर्नुभएको थियो । विगत ३ वर्षदेखि रिड नेपालको सहयोगमा पूस्तकालयमा दियो कर्नर स्थापना गरीएको छ । त्योसंगै पुस्तकालयकै भवनमा रहेको रेडियो पर्वतबाट पनी विभिन्न सचेतनामुलक सुचनाहरु प्रसारण गरी मेडियामार्फत पनी सहजीकरण गरीएको जानकारी दिनुभयो ।

त्यस्तै वित्तिय साक्षरता सम्बन्धमा कुनै पनी व्यक्ति वा संस्थामार्फत पैसाको कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सचेतना प्रदान गरीएको थियो । कार्यक्रममा बोल्दै फलेवान नगरपालिकाकि उपप्रमुख शोभा कुमारी क्षेत्रीले यस्ता खाले तालिमले समुदायमा सचेतना प्रदा गर्ने भन्दै यस परीयोजनाको लागि फलेवास नगरपालिकाबाट आवश्यक सहयोग प्रदान गरीने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिका ५ खानिगाउँका वडाध्यक्ष नारायाण प्रसाद लामिछानेले नगरपालिकामै पहिलो पटक प्रदान गरीएको यो कार्यक्रम समयसान्र्र्दभिक रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । वडाध्यक्ष लामिछानेले अवको युगमा सबैजसो कामहरु प्रविधिबाटै हुने भएकोले डिजिटल क्षेत्रमा सवैलाई ज्ञान हुन आवश्यक रहेको बताउनुभयो । सथै उहाँले वित्तिय साक्षरता पनि आजको आवश्यकता रहेको भन्दै वित्तिय कारोबारमा पनि सचेत हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै पस्तकालय समिति सदस्य ल्याम बहादुर परीयारले आफ्नो पुरानो यादहरु स्मरण गर्दै पहिलेको युग र अहिलेको युग विच धेरै फरक रहेको भन्दै समयअनुसारको प्रविधि तथा शिक्षा आजको आवश्यकता रहेको ठहर गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद पौडेलले बेदेशिक रोजागरीमा जानुपुर्व अथवा गएपश्चात केहि सल्लाह तथा पारामर्श लिनुपरेमा पुस्तकालयमा सम्पर्क गर्न सकिने बताउँदै । तालिममा सहभागि सवेैले यस २ दिनसम्म सिकेका कुराहरुलाई आफ्नो समुदायमा पु¥याउन आग्रह गर्दै ठगि हुनबाट जेगिनको निम्ति सहयोग गर्नुहुन आग्रह् गर्नभयो । कार्यक्रममा जनप्रतिनिधि स्थानिय समाजसेवी, ट्याग गर्ल्स पत्रकार लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img