निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, मंसिर २३, २०८२
Monday, December 8, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मोदीमा राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीता सम्पन्न

२५ मंसिर, पर्वत ।

पर्वतको मोदी गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीता आइतवार सम्पन्न भएको छ ।
प्रतियोगितामा वडा स्तरीय पुरुष भलिबल तर्फ प्रथम स्थान मोदी १ भुक, दृतिय स्थान मोदी ५ बाजुङ र तेस्रो स्थान मोदी ८ चित्रे ले प्राप्त गर्न सफल भएका छ्न ।

तेसै गरि खुला महिला तर्फ प्रथम स्थान मोदी ८ चित्रे , दोस्रो स्थान जिल्ला भलिबल संघ पर्बत र तेस्रो स्थान धादिङ स्पोर्ट्स क्लब ले प्राप्त गर्न सफल भएका छ्न ।

त्यस्तै रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० तर्फ १ नवजागृत मावि मोदी ६ तिलाहार प्रथम सरस्वती मावि मोदी ५ दृतिय र नव ज्योति थम मा।वि मोदी १ तृतीय स्थान हासिल गर्न सफल भएका छ्न ।

अध्यक्ष कप प्रतियोगीतामा गाउँपालिका वडा स्तरीय खुल्ला पुरुष भलिबल तथा महिला भलिबल खेलको आयोजना गरिएको गरिएको थियो । यसैगरी कार्यक्रममा रतौली र भजन प्रतियोजीता समेत सम्पन्न भएको छ ।

मंसीर २० गते देखि २४ गतेसम्म सञ्चालन भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नुभएको थियो । कार्यक्रममा भलिवलका साथै रतौली र भजन प्रतियोजीता समेत सम्पन्न भएको मोदीगाउपालिकाले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img