सोलुखुम्बु /
सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आज आइतवार काठमाण्डौबाट कार्गो सामान लिएर तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एयरको कलसाइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाट जमिनमा खसेको हो ।
जहाज पूरै कार्गो सामानले भरिएकाले भित्रबाट सामानकाे चापले सिसा निस्किएको हुन सक्ने तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएकाे जहाजमा चालक दलका ३ सदस्यमात्रै रहेका थिए । सिसा कुन ठाउँमा खस्यो भन्नेबारे यकिन हुन सकेकाे छैन ।
जहाज बिहान १० बजेर १ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएको तारा एयरले जनाएको छ ।








