निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको फलेवासमा एकिकृत सामुदायिक विकास परियोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न।

पौष ६ पर्वत /
पर्वतको फलेवास क्षेत्रमा संचालित एकिकृत सामुुदायिक विकास परियोजनाको सार्वजनिक सुनुवाइ विहिवार फलेवास ७ लिमिठानामा सम्पन्न भएको छ ।

जिल्लामा क्रियाशिल सोडेक नेपाल पर्वत र नवचेतना सामुदायिक विकास केन्द्र गुुड नेर्वस इन्टरनेशन,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा फलेवास नगरपालिका वडा नं.१,२,७,८,र ९ मा संचालन गरेको एकिकृत सामुुदायिक परियोजनाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

संस्थाले जिल्ला परियोजना सल्लाहकार समितिको उपस्थितीमा सो क्षेत्रमा संचालन भएका कार्यक्रमहरुको अनुगमन गरि सार्वजनिक सुनुवाइ गरेको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम वि.क ,फलेवास नगरपालिका का प्रमुख गंगाधर तिवारी ,उपप्रमुख शोभा कुमारी क्षेत्री, सामाजिक विकास कार्यालयका प्रमुख मुना अधिकारी फलेवास नगरपालिका का प्रमुख प्रशासयिक अधिकृत ऋषीराम आचार्य शिक्षा तथा समन्वय इकाइका प्रमुख उद्यिमराज पौडेल , फलेवास ७ का वडा अध्यक्ष केशर पन्त ,परियोजना व्यवस्थापन समितिका संयोजक नरसिङ् पुन , जिल्ला स्थित अन्य सरकारी कार्यालयका प्रतिनिधी ,जनप्रतिनिधी , गुुड नेर्वस इन्टरनेशन,नेपालका जिल्ला प्रतिनिधी , साझेदारी संस्थाका प्रमुख तथा कर्मचारीहरु ,उद्यमीहरु तथा स्थानिय सहकारी संस्थाका सदस्यहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका कोषाध्यक्ष डिल व विकले फलेवास क्षेत्रमा संस्था द्धारा संचालित कार्यक्रमको सामाजिक लेखापरिक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित टोलिले लिमिठाना ७ का उद्यमी लाल प्रसाद रिजाल , ठानामौला स्वस्थ्य चौकी , जनज्योतीमावि खाल्टे , लिमिठाना स्वस्थ्य चौकी र लिमिठाना माविमा र दिपज्योती कफी सहकारी संस्थाको अनुगमन तथा अन्तक्रिया कार्यक्रम समेत सम्पन गरको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि जिल्ला समन्य समितिका प्रमुख विष्णुराम विकले एकिकृत सामुुदायिक परियोजना अन्तर्गत समुदायमा संचानलन भएका कार्यक्रमहरु आफुले पनि स्थलगत अनुगमन गरेको र समुदायमा कार्यक्रमले राम्रो प्रभाव परेको वताउदै आवश्यकता रहेको ठाउमा थप सहयोग पुर्याउन पनि सहयोगी संस्थालाई आग्रह गर्नुभयो ।

विकले स्थानिय स्तरमा गठन भएका सहकारीहरुले विपन्न नागरिकको आयआर्जनमा ठुलो योगदान गरको वताउदै केही खराव सहकारीका कारण अहिले समाजमा नकारत्मक सन्देश फैलिएको भए पनि सवै मिलेर स्थानिय स्तरमा रहेका सहकारीहरु अझै मजवुद वनानुपर्नेमा जोड दिनु भयो


तेसैगरि फलेवास नगरपालिका का प्रमुख गंगाधर तिवारीले एकिकृत सामुुदायिक परियोजना संचालनका लागि नगरपालिका वाट पनि साझेदारी रहेको र परियोजना वाट प्रतक्षरुपमा वालवालिका तथा विपन्न नागरिकहरुलाइ सेवा पुगेको वताउदै आगामी दिनमा पनि निरन्तर सहयोगका लागि आग्रह गनूभयो । उहाले सहकारी संस्था सवैको सारथी भएको वताउदै सहकारी मार्फत आयआर्जन गर्न पनि आग्रह गनूभयो ।

कार्यक्रममा फलेवास नगरपालिका का उपप्रमुख शोभा कुमारी क्षेत्रीले सहकारी संस्था स्थापनाले उद्यमी वनाउन ठुलो भुमिका खेलेको वताउदै सवै जना सहकारीमा आवद्ध भै उद्यम विकासमा लाग्न अनुरोध गर्नुभयो ।

फलेवासमा नगरपालिका ७,८ र ९मा संचालित एकिकृत सामुुदायिक परियोजनाका अन्तर्गत सोडेक नेपाल पर्वतले सहकारी व्यवस्थापन ,आयआर्जन, विद्यालयको भौतिक पुर्वधार विकास , कम्प्यूटर ल्याव तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको सोडेकनेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले वताउनुभयो ।

तेसैगरि नवचेतना सामुदायिक विकास केन्द्रले स्वास्थ्य , खानेपानी , सरसफाई र स्वच्छता को क्षेत्रमा काम गर्दै आइरहेको र मुख्यगरि स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री सहयोग , गाउघर क्लिक भवन निर्माण तथा अति आवश्यक सामाग्री सहयोग , विद्याथीहरुको स्वास्थ्य परिक्षण , स्वास्थ्य आमा समुहको सुदृरिकरण महिला सामुदायिक संयमसेविका हरुको क्षमता विकास गर्दै समुदायमा परिचान गर्न सहयोग गरिएको नवचेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपालदास पौडेलले वताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img