पौष ६ पर्वत/
फलेवास नगरपालिका ७ लिमिठानामा संचालित दिपज्योती कफि सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न विहिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्य समितिका प्रमुख विष्णुराम विकले गाउँ गाउँमा सहकारी स्थापनाले विपन्न नागरिकको आयआर्जनमा ठुलो सहयोग पुगेको वताउदै केही खराव सहकारीका कारण अहिले समाजमा नकारत्मक सन्देश फैलिएको भए पनि सवै मिलेर स्थानिय स्तरमा रहेका सहकारीहरु अझै मजवुद वनानुपर्ने मा जोड दिनु भयो ।
तेसैगरि फलेवास नगरपालिका का नगर प्रमुख गंगाधर तिवारीले सहकारी संस्था सवैको सारथी भएको वताउदै सहकारी मार्फत अगाडी वढ्दा साना व्यवसाय संचालनमा सहयोग पुग्ने भएको हुदा सहकारी सवैको सहयोगी वन्दै गएको वताउनु भयो ।

कार्यक्रममा फलेवास नगरपालिका का उपप्रमुख शोभा कुमारी क्षेत्रीले सहकारी संस्था स्थापनाले उद्यमी वनाउन ठुलो भुमिका खेलेको वताउदै सवै जना सहकारीमा आवद्ध भै उद्यम विकासमा लाग्न अनुरोध गर्नुभयो ।
साधारण सभामा सहकारी संस्थाका सह सचिव भिम वहादुर विकले प्रगती प्रतिवेदन कोषाध्यक्ष मञ्जु पन्तले आर्थिाक प्रतिवेदन , उपाध्यक्ष प्रमिला पन्तले नितितथा कार्यक्रम प्रस्तुत गनूभएकोमा साधारण सभाले पास गरेको छ ।
साधारण सभामा लेखा समिति सदस्य यमुना पन्तले लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो ।
सहकारी संस्थाले आगामी वर्ष गाइ भैसी पालनमा जोड दिदै दुध उत्पादन तथा वजारिकरण गर्ने लक्ष्य लिएको सहकारीका व्यवस्थापक विकास पौडेलले जानकारी दिनुभयो ।
साधारण सभमा उत्कृष्ट वचतकर्ता हिमा थापा र उत्कृस्ट उद्यमी सुर्य प्रसाद भुषाललाई सम्मान गरिएको थियो ।
दिपज्योती कफि सहरकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको संचालन कोषाध्यक्ष मञ्जु पन्तले गनूभएको थियो ।








