निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फेब्रुुअरी महिना आयोडिन महिना अभियान,आयोडिनको कमीले हुने विकृतिको सचेतनाका लागि अन्तरक्रिया

१८ माघ २०८० पर्वत ।
आयोडिनको कमीले हुने विकृतिहरु सम्वन्धि जनचेतना जगाउन फेब्रुुअरी महिनालाई आयोडिन महिनाको रुपमा प्रचार प्रसार गर्न लागिएको छ । राष्ट्रिय अभियान लाई सफल पार्न स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा विहविार पर्वतमा क्रियाशिल पत्रकारहर विच अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

“थोरै खाऔं,सहि मात्रमा खाऔं दूइ बालबालिकाको चिन्ह अंकित आयोडिन यूक्त नुन नै खाऔं” भन्ने राष्ट्रिय अभियान सफल पार्न पर्वतमा पनि स्वस्थ्य कार्यालय पर्वतले प्रचार प्रसारलाई तिव्रता दिने भएको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल पर्वतका प्रमुख डा हेमन्त बास्तोलाले आयोडिनको कमिले ठुलो स्वास्थ्य समस्या आउन सक्ने वताउदै नियमित रुपमा आवश्यकता अनुसार आयोडिन नुन नै प्रयोग गर्न सुझाव दिनुभयो ।
आयोडिनको कमी भएमा नवजात शिशूमा गलगाडाँ ,हाइपरथाईरोइडिज्म वालवालिकाहरुमा गलगाडाँ ,हाइपरथाईरोइडिज्म र मानसिक क्षमतामा कमी तेसैगरि वयस्कहरुमा गम्भिर गलगाडाँ समेत हुन सक्छ ।

गर्भवती महिलाले आफु र गर्भमा रहेको वच्चा दुवैको लागि चाहिने पोषण पुर्याउन दैनिक रुपमा आयोडिन नुन नै खानुपर्छ । आयोडिनको कमी भएकमा शक्तिको कमी सुस्त मनिस्थीती , शारिरिक विकास नहुने ,पढाईमा समस्या हुने ,गर्भ तुहुने र मरेको वच्चा जन्मने समेत हुन सक्छ ।

आयोडिन एक सूक्ष्मोतत्व रहेको र यसले मानिसको शरिरमा महत्वपुर्ण अंग मुटु ,मृगौला कलेजो र मांसपेशिको विकासका लागि सहयोग पुग्ने भएको हुदा मानसिक फुर्ती र शारिरिक शक्तिका लागि आयोडिनयूक्त नुन नै खान स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

कार्यक्रममा वोल्दै फेब्रुुअरी महिना आयोडिन महिना सफल पार्न जिल्लामा रहेका संचार माध्यमहरुले सक्दो सहयोग पुर्याउने नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष शन्तोष थापाले वताउनुभयो ।

स्वास्थ्य कार्यालय पर्वतको आयोजना सम्पन्न अन्तरक्रिया कार्यक्रममा पर्वत क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्याक्रमको संचालन तथा स्वागत स्वास्थ्य कार्यालय पर्वतका फोकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img