निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा फागुन १५ गते देखि २६ गते सम्म तेस्रो राष्ट्रिय मगर महोत्सव आयोजना हुने

पर्वत/

फागुन १५ गतेदेखि २६ गते सम्म पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आयोजना हुने भएको छ । ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुन लागेको हो । पुन युवा क्लबको आयोजनामा तेस्रो संस्करणको महोत्सव आयोजना हुन लागेको क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्ण बहादुर पुनले जानकारी दिनुभयो ।

पुनका अनुसार ‘कला, संस्कृतिको संवर्द्धनमा ऐक्यबद्धताः खेल, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । पर्वतको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पु¥याउने, खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पु¥याउने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने र मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा संवर्द्धनमा मद्दत गर्नु पनि महोत्सवका उद्देश्य छन् ।

यस संस्करणको आकर्षणका रूपमा पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय महिला भलिबल प्रतियोगिता, पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगिता, पुर्ख्यौली नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, लोक भजन चुड्का प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बन्जी जम्प, केबलकार, झोलुङ्गे पुल, गुफाहरू सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति लगायत राखिएका छन् ।

करिब दुई सय वटा व्यावसायिक स्टलहरू रहने महोत्सवमा करिब एक सय ५० वटा स्टलहरू बुकिङ भइसकेका आयोजक पुन क्लबले बताएको छ । महोत्सवको तेस्रो संस्करणमा करिब ७२ लाख रुपैयाँ आम्दानी हुँदा ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमितिहरू निर्माण गरिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img